शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुई वर्षअघि महिलाको हत्या गरी फरार रहेका आरोपी पक्राउ

दुई वर्षअघि महिलाको हत्या गरी फरार रहेका आरोपी पक्राउ

दुई वर्षअघि रुपन्देहीको सालझण्डीस्थित फायरलाइन जंगलमा एक महिलाको हत्या गर्ने व्यक्ति पक्राउ परका छन् ।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

रुपन्देही- दुई वर्षअघि रुपन्देहीको सालझण्डीस्थित फायरलाइन जंगलमा एक महिलाको हत्या गर्ने व्यक्ति पक्राउ परका छन् ।

National life

२०७७ साल फागुन १० गते गुल्मी अर्खवाङ घर भई रुपन्देहीको तिलोत्तममा बस्ने वर्ष ३४ की बसन्ती भनिने धनकुमारी अर्यालको हत्या गर्ने कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ७ बस्ने काशीराम मुराउलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अनैतिक सम्बन्धका कारण मृतक अर्यालको पेटमा गर्भ बसेपछि काशीरामले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए। 

प्रहरीका अनुसार मृतक अर्याललाई मुराउले घाँटी थिचेर हत्या गरी जंगलमा रुखमा बाँधेर छोडेका थिए। शव गलिसकेको अवस्थामा अर्यालको शव भेटिएको थियो।

प्रकाशित: Sep 03, 2022| 10:56 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।