काठमाडौं- नेकपा एमाले मोरङका नेता बलभद्र सरदार थारू कार्यकर्तासहित माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
मोरङ एमालेका विभिन्न पदमा सक्रिय नेता कार्यकर्ता शनिबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका छन्।
पार्टीमा स्वागत गर्दै प्रचण्डले मोरङका महत्वपूर्ण व्यक्तिको प्रवेशले मोरङमा माओवादी थप बलियो हुने बताए।
बूढीगंगा गाउँपालिका अध्यक्षमा एमालेका तर्फबाट उम्मेदवार भएका थारू कांग्रेसका जितनारायण थापा मगरसँग पराजित भएका थिए। मगरले ८ हजार २९९ मत ल्याई विजयी हुँदा एमाले उम्मेदवार बलभद्र सरदार थारूले ७ हजार ८८० मत ल्याएका थिए।