शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कैलाली–५ बाट एकल सिफारिस आरजुलाई यसपटक पनि छैन सजिलो

नेकपा एमालेले भने कैलाली–५ बाट कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो अझै लगाएको छैन। एमालेबाट नारदमुनि राना नै दोहोरिने चर्चा छ। यदि नारदमुनि नै मैदानमा आए यस पटक कैलाली–५ मा कडा चुनावी प्रतिस्पर्धा हुनेछ।
 |  शनिबार, भदौ १८, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

शनिबार, भदौ १८, २०७९

काठमाडौं– कैलाली क्षेत्र नम्बर–५ बाट संघीय निर्वाचनका लागि नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाको एकल नाम सिफारिस भएको छ। कांग्रेस जिल्ला कार्यसमितिले उक्त क्षेत्रका लागि आरजुको नाम सर्वसम्मत सिफारिस गरेको हो। अर्थात्, आगामी मंसिर ४ गते आइतबार हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट कैलाली–५ मा आरजु नै उम्मेदवार पक्का भएकी छन्।

triton college

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी आरजुले २०७४ को निर्वाचनमा पनि कैलाली–५ बाटै उम्मेदवारी दिएकी थिइन्। उनी नेकपा एमालेका नारदमुनी रानासँग पराजित भएकी थिइन्। प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न कांग्रेस नेता क्षितिज भण्डारीको समेत निवेदन दर्ता भएको थियो। तर, उनको नाम भने कैलाली–५ बाट सिफारिसमा परेको छैन।

२०७४ को स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिकामा कांग्रेसले मेयर र उपमेयरसहित १२ वडा जितेको थियो। त्यतिबेला कैलाली–५ मा कांग्रेसलाई चुनाव जित्न सजिलो हुने अनुमान गरिएको थियो। तर, आरजु नारदमुनीसँग ४ हजार ८८० मतले पराजित भइन्।

यस पटकको स्थानीय तहमा अवस्था फेरिएको छ। मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन्। उपमेयरसहित ६ वडामा नेकपा एमाले विजयी भएको छ। कांग्रेसले ११ वडा जितेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी आरजुले २०७४ को निर्वाचनमा पनि कैलाली–५ बाटै उम्मेदवारी दिएकी थिइन्। उनी नेकपा एमालेका नारदमुनी रानासँग पराजित भएकी थिइन्।

Metro Mart
vianet

२०७४ मा नारदमुनी राना बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए। यस पटक आरजु देउवा सत्तारुढ गठबन्धनका तर्फबाट निर्वाचन लड्नेछिन्। त्यसले आरजुलाई निर्वाचनमा केही सहज हुने देखिन्छ ।

२०७४ मा असहयोग गरेको भन्दै कांग्रेसले कारबाही गरेका पुष्करनाथ ओझा आरजुका लागि यस पटक पनि भारी पर्ने देखिन्छन्। उनले स्वतन्त्र उम्मेदवारी दिने चर्चासमेत जिल्लामा रहेको छ। पुष्करसँग कांग्रेसका जिल्लादेखि केन्द्रीय नेताहरूले पटक–पटक छलफल गर्दै आएका छन्। तर, अहिलेसम्म छलफलले कुनै मूर्त रुप लिन सकेको छैन। ओझाले आरजुलाई सहयोग नगरे कांग्रेसको भोट काटिने निश्चित छ। कांग्रेसले जितका लागि धनगढीमा देखिएको आन्तरिक विवादलाई मिलाउनु पर्ने देखिन्छ।

कांग्रेस केन्द्रीय सदस्य नृप वड ओझासँग विभिन्न चरणमा छलफल भइरहेको बताउँछन्। ‘उहाँले पार्टीलाई अप्ठ्यारो हुनेगरी काम गर्नु हुनेछैन भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने।

कांग्रेस कैलालीका सचिव नृप सुनारले पुष्करनाथ ओझासँगको भेटमा मंसिर ४ को निर्वाचनमा कसरी जाने भन्ने विषयमा अनौपचारिक कुरा भएको बताए। ‘उहाँले कांग्रेस मेरो घर हो। म कांग्रेसबाटै चुनाव लड्न चाहन्छु भन्नु भएको थियो। उहाँले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले बोलाए आफू छलफलका लागि तयार रहेको बताउनु भयो,’ सुनार भन्छन्। पार्टीले कारबाही गरेका व्यक्तिलाई भेट्न किन गएको भन्दै जिल्ला नेतृत्वसँग कांग्रेसका केन्दीय नेताहरु रिसाएको बताइन्छ।

कांग्रेस केन्द्रीय सदस्य नृप वड ओझासँग विभिन्न चरणमा छलफल भइरहेको बताउँछन्। ‘उहाँले पार्टीलाई अप्ठ्यारो हुनेगरी काम गर्नु हुनेछैन भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने।

कांग्रेस कैलालीका अर्का सचिव केशव मिश्र भने यस पटक धनगढीबाट आरजु देउवालाई जिताउन सबै नेता–कार्यकर्ता इमान्दार हुनुपर्ने बताउँछन्। क्षेत्र नम्बर ५ र ३ बाट सिफारिस उम्मेदवारको नामावली प्राप्त भएको उनले बताए। ‘अन्य क्षेत्रको नामावली पनि चाँडै प्राप्त होला। जिल्ला कार्यसमितिको बैठकबाट प्राप्त नामलाई सिफारिस गरेर पठाउने छौं,’ उनले भने।

पुष्करनाथ ओझालाई भेट्न जिल्लाका केही नेताहरू गएको विषयमा आफू जानकार नरहेको उनले बताए। यसबारे उनले बोल्न चाहेनन्। ‘पुष्करनाथ ओझाले पटक–पटक मेरो कुरा त्यही हो भन्दै धनगढीमा आरजु राणाले चुनाव लड्नै नहुने अड्डी कस्नु गलत हो। लोकतन्त्रमा त्यो कुरा स्वीकार्य हुँदैन। उहाँ पुरानो नेता हो। कांग्रेसभन्दा बाहिर पनि जानु भएको छैन। तर, मेरो गोरुको बाह्रै टक्का गर्नु हुँदैन,’ उनले भने।

नेतृ आरजुले धनगढीबाट चुनाव लड्न खोज्नु भनेको यसै क्षेत्रको विकासका लागि राम्रो हुने सचिव मिश्रको भनाइ छ। ‘उहाँ विकाससँग जोडिनु भएको व्यक्ति हो। उहाँले गर्न सक्ने विकास निर्माणका काम अन्य आम सांसदले गर्न सक्दैनन् भन्ने हाम्रो बुझाइ हो। उहाँले सांसद रहँदा, नरहँदा, पार्टी राजनीतिमा रहँदा, नरहँदा पनि काम गरिरहनु भएको छ,’ उनले भने। उनी सधैँ सामाजिक क्षेत्रमा अब्बल रहेको मिश्र बताउँछन्।

अहिले पनि सुदूरपश्चिममा महिला गर्भवती हुँदा वा व्यथा लागेर उपचार पाउने अवस्था नरहे आरजुले सहयोग गर्दै आएको मिश्रको भनाइ छ। ‘गाडी–घोडा नपाउने, डोकोमा बोकेर बिरामी वा सुत्केरीको उपचार गर्न लैजानुपर्ने दुर्गम ठाउँमा उहाँले हेलिकोप्टरको व्यवस्था गर्नेसम्मका काम सहयोग गरेका थुप्रै उदाहरण छन्,’ मिश्रले भने।

२०७४ सालको निर्वाचनमा पराजित हुँदा पनि आरजुले कैलाली–५ लाई नछोडेको मिश्रले बताए। ‘निरन्तर यस क्षेत्रको विकासका लागि उहाँले सहयोग गरिरहनु भएको छ। अहिले उहाँकै पहलमा ४८ करोडको सडक विस्तार र व्यवस्थापनका लागि बजेट विनियोजन भएको छ। तटबन्धनदेखि विभिन्न क्षेत्रमा पनि बजेट विनियोजनका लागि उहाँले सहयोग गरिरहनु भएको छ। कोरोना महामारीमा पनि उहाँले ठूलो सहयोग गर्नुभयो। अक्सिजन प्लान्ट नै स्थापना गर्नुभयो,’ उनले भने। मिश्र आफैं पनि कैलाली ५ ‘ख’ बाट प्रदेशसभाका लागि सिफारिस भएका छन्।

नागरिक उन्मुक्ति पार्टी पनि चुनौती
कैलालीमा बलियो बन्दै गएको नागरिक उन्मुक्ति पार्टी पनि आरजुका लागि चुनौतीको विषय बन्न सक्ने देखिएको छ। कैलाली–५ बाट नागरिक उन्मुक्तिका प्रभावशाली नेता लक्ष्मण थारुले चुनाव लड्ने घोषणा गरिसकेका छन्। २०७४ को निर्वाचनमा जेलबाटै उम्मेदवारी दर्ता गराएर चुनाव लडेका लक्ष्मण थारुले ६ हजार ४६४ मत ल्याएर तेश्रो बढी भोट पाउने व्यक्ति बनेका थिए।

यस पटक उनी खुला रुपमा निर्वाचनमा होमिदैछन्। गाउँ टोलसम्म चुनावी अभियानसहित हिँडेका थारुले यस पटक पहिलाको भन्दा धेरै भोट ल्याउने आकलन गरिएको छ। यसकारण पनि आरजुलाई पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्ने चुनौती छ।

नेकपा एमालेले भने कैलाली–५बाट कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो अझै लगाएको छैन। एमालेबाट नारदमुनि राना नै दोहोरिने चर्चा छ। यदि नारदमुनि नै पुनः मैदानमा आए यस पटक कैलाली–५ मा कडा चुनावी प्रतिस्पर्धा हुनेछ।

स्थानीय निर्वाचनको अवस्था कस्तो?
कैलाली–५ अन्तर्गत धनगढी उपमहानगरपालिकाका १९ वटै वडा र कैलारी गाउँपालिकाका ६ र ९ नम्बर वडा पर्छन्।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा स्तरमा पाएको मतका आधारमा कांग्रेस ठूलो पार्टी बनेको छ। नेपाली कांग्रेसले धनगढीका १९ वडाबाट २० हजार ७ सय २२ मत तथा कैलारीका दुई वडाबाट २ हजार ५४ गरी २२ हजार ७ सय ७६ मत पाएको छ । त्यसैगरी नेकपा एमालेले धनगढीका १९ वटै वडाबाट १५ हजार ९ सय ९३ तथा कैलारीका दुई वडाबाट १ हजार ४ सय ८ मत गरी १७ हजार ४ सय १ मत पाएको छ।

नेकपा माओवादी केन्द्रले धनगढीका १९ वडाबाट ८ हजार १ सय ७५ मत पाएको छ। नेकपा एकीकृत समाजवादीले वडा स्तरबाट २ हजार ९ मत पाएको थियो।

प्रकाशित: Sep 03, 2022| 10:45 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...