सोमबार, चैत २, २०८२

कक्षा १२ को नतिजा सार्वजनिक बोलाइयो बोर्ड बैठक

गत १५–२५ जेठसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गर्न बैठक बोलाएको छ। शुक्रबार अपराह्न साढे ४ बजेका लागि बोर्डले बैठक बोलाएको हो। परीक्षा नियन्त्रक कृष्ण शर्माले सम्पूर्ण तयारी पूरा भएको र बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिने जानकारी दिए।

यस पटक नन ग्रेडिङ प्रणालीअनुसार नतिजा प्रकाशन गरिँदै छ। त्यसका लागि सैद्धान्तिकतर्फको छुट्टै नम्बर र प्रयोगात्मकको छुट्टै नम्बर राखिएको उनले बताए। दुवैतर्फको नम्बर जोडेर विद्यार्थीलाई लेटर ग्रेडिङ सिस्टममा समावेश गरिनेछ। 

गत १५–२५ जेठसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए। यस पटक पास हुन प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत बढी अंक ल्याउनुपर्नेछ।

प्रकाशित: Sep 02, 2022| 15:56 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्