आइतबार, असोज ११, २०८३

ज्ञवालीको 'अर्को भोर'लाई पद्मश्री साहित्य पुरस्कार

२०७८ सालको पद्यमश्री साहित्य पुस्कार कथाकार केशवराज ज्ञवालीलाई प्रदान गरिने भएको छ। ज्ञवालीको 'अर्को भोर' कथा सङ्ग्रह कृतिका लागि पुरस्कार प्रदान गरिने भएको हो।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं- २०७८ सालको पद्यमश्री साहित्य पुस्कार कथाकार केशवराज ज्ञवालीलाई प्रदान गरिने भएको छ। ज्ञवालीको 'अर्को भोर' कथा सङ्ग्रह कृतिका लागि पुरस्कार प्रदान गरिने भएको हो। 

यस्तै पद्ममश्री गौरव पुरस्कार डा. सन्दुक रुइतलाई प्रदान गरिने भएको छ। डा. रुइतलाई दुर्गम क्षेत्रमा गएर आँखाको मोतियाबिन्दुसम्बन्धी शल्यक्रिया गरेर धरैलाई ज्योति प्रदान गरेको योगदानको कदर गर्दै पुरस्कार दिइने भएको हो। 

यस्तै पद्यश्री साधना सम्मान कथाकार माया ठकुरीलाई प्रदान गर्ने निर्णय गरिएको छ। ठकुरीलाई आधुनिक कथाको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेबापत पुरस्कार प्रदान गर्न लागिएको खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले जनाएको छ।  

तीन वटै पुरस्कारको राशी तीन लाख रुपैयाँ रहेको छ। आउँदो दसैंको कोजाग्रत पूर्णिमाको दिन एक कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।



प्रकाशित: Sep 02, 2022| 06:37 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।