बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दाउद इब्राहिमबारे सूचना दिने व्यक्ति वा संस्थालाई २५ लाख रुपैयाँ इनाम दिइने

दाउद इब्राहिमबारे सूचना दिने व्यक्ति वा संस्थालाई २५ लाख रुपैयाँ इनाम दिइने

भारतको राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले फरार ‘अन्तर्राष्ट्रिय आतंकवादी’ दाउद इब्राहिम र उनका निकट सहयोगीबारे सूचना दिने व्यक्ति वा संस्थालाई २५ लाख भारतीय रूपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

काठमाडौं- भारतको राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले फरार ‘अन्तर्राष्ट्रिय आतंकवादी’ दाउद इब्राहिम र उनका निकट सहयोगीबारे सूचना दिने व्यक्ति वा संस्थालाई २५ लाख भारतीय रूपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ।

एनआईएले १८ अगस्ट २०२२ मा जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'संयुक्त राष्ट्रसंघ सुरक्षा प्रस्ताव १२६७ अन्तर्गत संयुक्त राष्ट्रसंघले ‘अन्तर्राष्ट्रिय आतंकवादी’ घोषित गरेको र भारतको गैर–कानुनी गतिविधि ऐन १९६७ को चौथो अनुसूचीअन्तर्गत सूचिकृत दाउद इब्राहिमले डी–कम्पनी नामको अन्तर्राष्ट्रिय आतंकवादी सञ्जाल चलाइरहेका छन्।'

विज्ञप्तिमा भनिएको छ, 'इब्राहिम र उनका अन्य सहयोगीहरू विभिन्न आतंकवाद, हतियार तस्करी, लागुऔषध कारोबार, आपराधिक संगठन सञ्चालन, सम्पत्ति शुद्धिकरण, जाली भारतीय नोट (एफआईसीएन) को प्रचलन, अनधिकृत रूपमा कब्जा र आतंकवादी धन संकलनका लागि प्रमुख सम्पत्तिहरू प्राप्त गर्ने जस्ता आपराधिक गतिविधिहरूमा संलग्न छन् र लश्कर–ए–तैएबा, जैश–ए–मोहम्मद, र अल कायदासहित अन्तर्राष्ट्रिय आतंकवादी संगठनसँग सक्रिय सहकार्यमा काम गरिरहेका छन्।'

एनआईएले सूचना दिने व्यक्ति वा संस्थाको सुरक्षाको लागि सुनिश्चितता गर्दै उनीहरूको नाम सार्वजनिक नगरिने पनि बताएको छ।

प्रकाशित: Sep 02, 2022| 05:10 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।