बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • संयुक्त राष्ट्रसंघका अधिकारी अनुगमनका लागि युक्रेनको आणविक केन्द्रमा

संयुक्त राष्ट्रसंघका अधिकारी अनुगमनका लागि युक्रेनको आणविक केन्द्रमा

युक्रेनको जापोरिजिया आणविक ऊर्जा केन्द्रलाई विपत्तिबाट जोगाउने मिसनमा संयुक्त राष्ट्रसंघको निरीक्षण टोली बिहीबार त्यहाँ पुगेको छ।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

किभ- युक्रेनको जापोरिजिया आणविक ऊर्जा केन्द्रलाई विपत्तिबाट जोगाउने मिसनमा संयुक्त राष्ट्रसंघको निरीक्षण टोली बिहीबार त्यहाँ पुगेको छ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको १४ सदस्यीय विशेषज्ञ प्रतिनिधिमण्डलको यो भ्रमण युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टभित्र पस्न महिनौं लामो वार्तापछि भएको हो। सुविधासम्पन्न गाडीमा आइपुगेका अधिकारीको नेतृत्व आईएईएका निर्देशक राफेल ग्रोसीले गरेका छन्।

विशेषज्ञहरू कम्प्लेक्सतर्फ अघि बढ्दै गर्दा रुस र युक्रेन दुबैले उक्त क्षेत्रमा गोलाबारी गरेको र भ्रमणलाई बिथोल्न खोजेको एक अर्कामाथि आरोप लगाएका थिए। भारी गोलाबारीले टोलीको प्लान्टतर्फको यात्रामा ढिलाइ भएको बताइएको छ। 

युक्रेनको राज्य आणविक ऊर्जा कम्पनी एनरगोएटमले रुसी मोर्टार र गोलाबारीका कारण आपतकालीन सुरक्षा प्रणालीद्वारा यसको एक रिएक्टर बन्द भएको र आन्तरिक आवश्यकताका लागि प्रयोग गरिएको वैकल्पिक विद्युत आपूर्ति लाइनमा क्षति पुगेको बताएको छ। 

एनरगोएटमका अनुसार प्लान्टको एउटा रिएक्टर ले काम गरिरहेको थिएन र डिजेल जेनेरेटरमार्फत् प्लान्टलाई सञ्चालन गरिएको थियो। 

kumari

'आज बिहानदेखि केही समयअघिसम्म सैन्य गतिविधि बढेको छ, यात्राका क्रममा ग्रोसीले भने, 'युक्रेनी सेनाले ब्रिफिङ गरेपछि टोलीले जोखिमका बावजुद यात्रालाई निरन्तरता दिएको ‘फाइदा र बेफाइदा’को मूल्यांकन गर्दै प्लान्टसम्म आइपुगेको छ।' 

ग्रोसीले व्यक्तिगत रूपमा युक्रेनी अधिकारीहरूसँग टोलीको मार्गलाई अनुमति दिनको लागि सम्पर्क गर्दै प्लान्टसम्म पुगेको बताउँदै युक्रेनी र रूसी आक्रमणबीचको तथाकथित ‘ग्रे जोन’मा अत्यधिक जोखिम भएको आणविक केन्द्रबाट जानकारी जापोरिजझियास्थित दिएका छन्।

यसैबीच रूसका विदेशमन्त्री सेर्गेइ लाभरोभले मस्कोले टोलीबाट ‘निष्पक्षता’को अपेक्षा गरेको बताएका छन्। 

उनले भने, 'हामी प्लान्ट सुरक्षित छ कि छैन, यसले सुरक्षित रूपमा काम गर्दछ र मिसनले त्यहाँ आफ्ना सबै योजनाहरू पूरा गर्दछ भनेर सुनिश्चित गर्न सबै आवश्यक उपायहरू अपनाइरहेका छौं।' 

जापोरिजिया प्लान्ट रूसी सेनाले कब्जा गर्दै आएको छ तर युक्रेनी इन्जिनियरहरूले छ महिना लामो युद्धको सुरुवाती दिनदेखि नै सञ्चालन गर्दै आएका छन्। युक्रेनले रूसले उक्त प्लान्टलाई ढालको रुपमा प्रयोग गरिरहेको, त्यहाँ हतियार भण्डारण गरेको र चारैतिरबाट आक्रमण गरिरहेको आरोप लगाएको छ भने मस्कोले युक्रेनले उक्त क्षेत्रमा लापरबाहीपूर्वक गोलाबारी गरेको आरोप लगाएको छ।

प्रकाशित: Sep 02, 2022| 05:45 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।