शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पासाङल्हामु राजमार्गमा सवारी दुर्घटनामा दोलखाका एक चालकको मृत्यु

पासाङल्हामु राजमार्गमा सवारी दुर्घटनामा दोलखाका एक चालकको मृत्यु

दोलखा जिल्ला गौरीशङ्कर गाउँपालिका–५ घर भएका नं ना३ख एक सय ९१ कन्टेनरका डिब्बा चालक २३ वर्षीय विश्वनाथ भुजेल रहेको जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले जानकारी दिए। रसुवाबाट काठमाडौँ जाने क्रममा उक्त डिब्बा दुर्घटनामा परेको थियो।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

रसुवा- पासाङल्हामु राजमार्गअन्तर्गत ग्रामीण भेकमा भएको सवारी दुर्घटनामा एक सवारी चालकको बिहीबार निधन भएको छ। निधन हुनेमा दोलखा जिल्ला गौरीशङ्कर गाउँपालिका–५ घर भएका नं ना३ख एक सय ९१ कन्टेनरका डिब्बा चालक २३ वर्षीय विश्वनाथ भुजेल रहेको जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले जानकारी दिए। रसुवाबाट काठमाडौँ जाने क्रममा उक्त डिब्बा दुर्घटनामा परेको थियो।

National life

दुर्घटनापश्चात् घाइते चालकलाई नेपाली सेना विष्णुदल गणले घटनास्थलबाट तत्काल उद्धार गरी नुवाकोटको त्रिशूली अस्पताल पुर्‍याइए पनि निजको अवस्था थप जटिल बन्दै गएपछि  त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

गत साउन २५ गते बनुवा खण्डको पासाङल्हामु मार्गमा पहिरो गई रसुवा–काठमाडौंको  सिधा सम्पर्क विच्छेद भएपश्चात् वैकल्पिक मार्गका रूपमा खोलिएको धारापानी आम भञ्ज्याङ खण्डको ग्रामीण सडकअन्तर्गत बेलचौर क्षेत्रमा उक्त घटना भएको हो।

वैकल्पिक मार्गमा हल्का सवारीसाधनबाहेक अन्य सवारीसाधन गुडाउन अनुमति नदिएको अवस्थामा डिब्बा चालकले प्रहरीलाई छलेर साँघुरो सडक प्रयोग गर्दा दुर्घटना भएको प्रहरी प्रमुख चन्दले जानकारी दिनुभयो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Sep 01, 2022| 23:15 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।