शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • चार्जिङ स्टेसनका लागि खरिद गरिएका ट्रान्सफर्मर गुणस्तरहीन, फिर्ता पठाउँदै प्राधिकरण

चार्जिङ स्टेसनका लागि खरिद गरिएका ट्रान्सफर्मर गुणस्तरहीन, फिर्ता पठाउँदै प्राधिकरण

सम्झौताअनुसार २०० किलोभल्ट (केभी) क्षमताका ट्रान्सफर्मर ल्याइनुपर्नेमा १०० केभी क्षमताका ट्रान्सफर्मर खरिद गरिएका हुन्।
 |  बिहीबार, भदौ १६, २०७९

भीमा पन्थी

भीमा पन्थी

बिहीबार, भदौ १६, २०७९

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी चार्जिङ स्टेसनका लागि खरिद गरिएका  ट्रान्सफर्मर कम क्षमताका भएको पाइएको छ। सम्झौताअनुसार २०० किलोभल्ट (केभी) क्षमताका ट्रान्सफर्मर ल्याइनुपर्नेमा १०० केभी क्षमताका ट्रान्सफर्मर खरिद गरिएका हुन्। 

triton college

जडान कार्य ढिला हुने हुँदा प्राधिकरणमा स्टक रहेका ट्रान्सफर्मर प्रयोग गरी चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए। उनका अनुसार पछि मागअनुसार क्षमताका ट्रान्सफर्मर आएपछि अहिले लगाइएका प्राधिकरणका ट्रान्सफर्मर पुनः साटफेर गरिनेछ। 

नयाँ आउन ढिला हुने हुँदा तत्काललाई प्राधिकरणमा रहेकै ट्रान्सफर्मर प्रयोग गरिएको हो। 

प्रवक्ता भट्टराईले ठेकेदार कम्पनीको बचाउ गर्दै गुणस्तरहीन नभएको दाबी गरेका छन्। उनले प्राधिकरणले माग गरेभन्दा कम क्षमताको रहेको स्वीकारे पनि कम गुणस्तर तथा गुणस्तरहीन भन्न नमिल्ने बताए। ‘हामीले माग गरेभन्दा कम क्षमताका हुन्’, उनले भने, ‘यसलाई गुणस्तरहीन भन्न मिल्दैन।’ 

खरिद गरी ल्याइसकिएका ट्रान्सर्फमर के गर्ने भन्नेमा जानकारी नभएको उनले बताए। ‘चार्जिङ स्टेसनका लागि तोकिएकै क्षमताका ट्रान्सर्फमर राख्नुपर्ने हुन्छ। तर ल्याइसकिएकाले यही अन्य प्रयोजनमा ल्याउने वा फर्काउने विषय सम्बन्धमा मसँग जानकारी आएको छैन,’ उनले भने।

corrent noodles
Metro Mart

यद्यपि नयाँ ट्रान्सर्फमर भने आउने क्रममा रहेको उनले जानकारी दिए। ‘कम क्षमताका आएपछि प्रोजेक्ट नै डिले भयो,’ उनले भने ‘अहिले सुरु गरिसके पनि नयाँ ट्रान्सर्फमर आउँदै छन्।’ कति समयभित्र आउने भन्नेमा भने उनले यकिन नभएको बताए। ‘आउँदै छन्। कहिलेसम्म आउँछन् यकिन भएन,’ उनले भने, ‘कहिले भन्सारमै लामो समय रोकिन्छ। छिट्टै आउँछन् तर कहिले आउँछ भन्न सकिन्न।’ 

सम्झौताअनुसार २०० किलोभल्ट (केभी) क्षमताका ट्रान्सफर्मर ल्याइनुपर्नेमा १०० केभी क्षमताका ट्रान्सफर्मर खरिद गरिएका हुन्। 

प्राधिकरणको चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मरको ठेक्का चिनियाँ कम्पनी वानब्याङ डिजिटल इनर्जीले पाएको थियो। ग्लोबल टेन्डर आह्वानबाटै कम्पनीले ३७ करोड ७९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको हो।

सम्झौताअनुसार कम्पनीले चीनबाट ५० वटा ट्रान्सफर्मर समयमै पठाएको हो। प्राधिकरणका एक उच्च कर्मचारीका अनुसार ट्रान्सफर्मर आएपछि कम्पनीकै केन्द्रीय वर्कसप हेटौंडामा परीक्षण गरिएको थियो। परीक्षण गर्दा ५० वटै ट्रान्सफर्मर गुणस्तरहीन रहेको फेला परेको हो। यो परीक्षण एक महिना अगाडि नै सकिएको हो। 

परीक्षणका क्रममा साइज सानो देखिएसँगै प्राधिकरणका केही कर्मचारीले पुनः जाँच गर्नुपर्ने बताएपछि पुनः परीक्षण गरिएको थियो। स्रोतका अनुसार कम्पनीले चीनमै परीक्षण गरिएकाले  पुनः परीक्षण गर्नु नपर्ने भन्दै जिद्दी गरेको थियो। यद्यपि प्राधिकरणका अधिकारीको दबाबमा पुनः परीक्षण गरिएको थियो। 

ट्रान्सफर्मरमा लोड लस र नो लस भनी दुई किसिमको परीक्षण हुन्छ। कम लस(नोक्सानी) आए उक्त ट्रान्सफर्मर राम्रो मानिन्छ। तर कर्मचारीका अनुसार सबै ट्रान्सफर्मरमा लोड ४६ सय बढी लस आएको देखियो। जबकि २००केभी ट्रान्सफर्मरमा २१०० वाट बढी लस आउनु हुँदैन। 

उनका अनुसार ‘नो लोड लस’ ३६५ वाटसम्म आउनुपर्नेमा ५१९ वाट हाराहारी आएको थियो। त्यसपछि प्राधिकरणले तापक्रमसमेत परिक्षण गरेको हो। उनका अनुसार तामक्रम परीक्षण गर्दासमेत ट्रान्सफर्मरको क्षमता पत्ता लगाउन सकिने हुँदा प्राधिकरणले यसो गरेको हो। 

उनका अनुसार ट्रान्सफर्मरमा प्रयोग भएका तामाका तारसमेत आधाभन्दा कम प्रयोग गरिएको थियो। ठेकेदार कम्पनीले उसकै गल्ती भए पनि साटफेरका लागि अटेरी गरिरहेको छ।


प्रकाशित: Sep 01, 2022| 17:34 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्