काठमाडौं- अस्ट्रेलियाको सिड्नीमा नेपाली म्युजिक फेस्टिभल ‘ड्रिम फेस्ट’ हुने भएको हो। सेप्टेम्बर २३ का तय भएको कार्यक्रममा कलाकार सुसान्त केसी, समीर श्रेष्ठ, र्यापर योद्धा र लोकप्रिय ब्रान्ड एलबाट्रसको प्रस्तुति रहने आयोजकले जनाएको छ।
सन् २०१२ देखि अष्ट्रेलियाको विभिन्न कार्यक्रम गर्दै आएको ड्रिम हाइट्स इभेन्ट कम्पनीको दशौं वार्षिकोत्सवको अवसरमा ‘ड्रिम फेस्ट’ हुन लागेको हो। झन्डै ५५ सय जनाको क्षमता भएको होर्डेन पेभिलियनमा ‘ड्रिम फेस्ट’ हुने भएको हो।
ड्रिम फेस्टलाई मनोरञ्जनात्मक बनाउन सिड्नीमै आधारित फाल्चा अस्ट्रेलिया नेपाली रेस्टुरेन्टको फुड स्टल राखिने आयोजकले जानकारी दिएको छ। कार्यक्रमलाई ग्रेस इन्टरनेशनल एजुकेशन तथा माइग्रेसनले सहयोग गर्नेछ।