सोमबार, असोज १२, २०८३

चलचित्र निर्माता संघको कार्यसमिति नै निर्विरोध, अध्यक्षमा खड्का

नेपाल चलचित्र निर्माता संघको पूरै कार्यसमिति नै निर्विरोध भएको छ। बुधबार उम्मेदवारी मनोनयनमा कार्यसमितिमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेपछि पूरै कार्यसमिति निर्विरोध भएको हो।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं- नेपाल चलचित्र निर्माता संघको पूरै कार्यसमिति नै निर्विरोध भएको छ। बुधबार उम्मेदवारी मनोनयनमा कार्यसमितिमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेपछि पूरै कार्यसमिति निर्विरोध भएको हो। 

संघको अध्यक्षमा अभिनेता तथा निर्देशक नवल खड्का, महासचिवमा सुनीलकुमार थापा, उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल, सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई निर्विरोध भएका निर्वाचित छन्। सदस्यहरुमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा चुनिएका छन्।

नयाँ कार्यसमितिको शनिबार हुने १६औं वार्षिक साधारणसभामा औपचारिक घोषणा हुने भएको छ। नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुको शपथग्रहण शनिबार हुने भएको छ। 

प्रकाशित: Sep 01, 2022| 16:21 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।