सोमबार, चैत २, २०८२

विद्यालयका कर्मचारीको मागमा शिक्षा मन्त्रालय सकारात्मक, शुक्रबार अर्थसँग छलफल

यद्यपि, बजेट उपलब्ध गराउने विषयमा अर्थ मन्त्रालयसमेत जोडिने भएकोले उक्त मन्त्रालयसहित छलफल गरेर पुनः सहमति गर्नुपर्ने माग परिषदका कर्मचारीको छ।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं- विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच वार्ता भएको छ। बुधबार भएको त्रिपक्षीय वार्तामा विद्यालय कर्मचारीलाई न्यूनतम तलब र सेवा-सुविधा दिन मन्त्रालय सकारात्मक भएको हो। 

National life

यद्यपि, बजेट उपलब्ध गराउने विषयमा अर्थ मन्त्रालयसमेत जोडिने भएकोले उक्त मन्त्रालयसहित छलफल गरेर पुनः सहमति गर्नुपर्ने माग परिषदका कर्मचारीको छ। त्यसका लागि शुक्रबार अर्थ मन्त्रालयसहित वार्ता हुने परिषद सदस्य विष्णु प्रसाद अधिकारीले जानकारी दिए।

'बुधबारको वार्ता सकारात्मक भएपनि यसमा अर्थ मन्त्रालय पनि जोडिनु पर्ने हाम्रो अडान थियो। त्यसको लागि भोलि बैठक बस्ने तयारी छ,' उनले भने। 

विद्यालय कार्यलय सहयोगीले २६ हजार २१० रुपैयाँको र लेखापालले ३६ हजार ७३० रुपैयाँ न्यूनतम तलब पाउनुपर्ने भन्दै माग गरिरहेका छन्। पछिल्लो समय गत भदौ १ गतेदेखी उनीहरु निरन्तर आन्दोलमा थिए।

प्रकाशित: Sep 01, 2022| 16:10 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्