शनिबार, जेठ २, २०८३

मतपत्र छपाइ स्थलको सुरक्षामा खटियो सेना

निर्वाचन आयोगले सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छाप्नेछ।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

National life

काठमाडौं– ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनार्थ मतपत्र छपाइ स्थलको सुरक्षाका लागि सेना खटिएको छ। निर्वाचन आयोगले सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छाप्नेछ। सोही कारण त्यहाँ सेनाले सुरक्षाको जिम्मा लिएको हो।  

मतपत्र छपाइ स्थलको सुरक्षामा सैनिक टोली खटाइएको नेपाली सेनाका प्रवक्ता (सहायक रथी) नारायण सिलवालले बताए। उनले भने, ‘मतपत्र छपाइ सुरक्षास्थलमा सेनाको टिमले जिम्मेवारी लिइसकेको छ।’

सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा भैरवनाथ गणबाट सैनिक परिचालन गरिएको छ। मतपत्र छपाइ स्थल सुरक्षामा ७ नम्बर वाहिनीका लक्ष्मण खत्रीलाई लियाजन अफिसर तोकिएको छ। निर्वाचन अवधिमा महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा तयारी पनि सेनाले गरिरहेको छ। त्यस्तै निर्वाचनमा आवश्यक सवारी साधन र बजेटबारे छलफल भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रकाशित: Sep 01, 2022| 15:10 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।