शनिबार, जेठ २, २०८३

द राउण्ड टेबल नेपालको विद्यालयलाई सहयोग

सामाजिक संस्था द राउण्ड टेवल नेपालको बिर्तामोड शाखाले झापाको बिर्तामोड १० स्थित चमरधाप प्राथमिक विद्यालयमा २ कक्षा कोठा निर्माण गरेको छ।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं- सामाजिक संस्था द राउण्ड टेवल नेपालको बिर्तामोड शाखाले झापाको बिर्तामोड १० स्थित चमरधाप प्राथमिक विद्यालयमा २ कक्षा कोठा निर्माण गरेको छ। पूर्वाधार अभावमा विद्यार्थीको अवस्था दयनीय भएको पाइएपछि राउण्ड टेवलले कक्षा कोठा निर्माण गरिदिएको हो।

National life

२४ लाख रुपैयाँको लागतमा २ कक्षा कोठा र विद्यालय परिसरको ५ कठ्ठा जग्गामा कम्पाउण्ड वाल निर्माण गरिएको छ। यस वर्ष विद्यालयमा २ वटा शौचालय र खानेपानी व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ। बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई र द राउण्ड टेवल नेपालका अध्यक्ष आन्नद बाहेतीले संयुक्त रुपमा कक्षा कोठा विद्यालयलाई हस्तान्तरण गरेका छन्।

द राउण्ड टेवल नेपाल अन्र्तगत रहेको विराटनगर सेन्ट्रल राउण्ड टेवल १५ ले मोरङको रंगेली नगरपालिकास्थित महेर्शी मेही आधारभूत विद्यालयलाई १५ लाख बराबरको सहयोग गरेका छन्। उक्त रकमले सो विद्यालयमा शौचालय र कम्पाउण्ड वाल निर्माण गरेको हो।

राउण्ड टेवलले सो विद्यालयमा बहुवर्ष योजना अन्तर्गत १ करोड रुपैयाँ भन्दा बढीको लगानी गरी सकेको छ र राउण्ड टेवलले हरेक वर्ष उक्त विद्यालयमा सहयोग गर्दै आएको छ।


प्रकाशित: Sep 01, 2022| 14:21 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।