शनिबार, जेठ २, २०८३

अव्यवस्थित तार हटाउन वालिङ नगरपालिकाको निर्देशन

विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तार अव्यवस्थित भएको भन्दै नगरपालिकाले सम्बन्धित पक्षसँगको छलफलपछि निर्देशन दिएको हो।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

वालिङ- स्मार्ट सिटीको अवधारणाअनुरूप अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले बजारभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको छ।

National life

वालिङ बजार हुँदै जाने पोखरा–सुनौली सिद्धार्थ राजमार्गसहित वालिङ नगरपालिकाभित्रका मुख्य बजार क्षेत्रहरूमा विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तार अव्यवस्थित भएको भन्दै नगरपालिकाले सम्बन्धित पक्षसँगको छलफलपछि निर्देशन दिएको हो। नगरपालिका र सेवा प्रदायक कम्पनीबीचको छलफलपछि असोजको दोस्रो साताभित्रमा अव्यवस्थित तार हटाएर सहयोग गर्न आग्रह गरिएको नगरप्रमुख कृष्ण खाणले बताए।

‘सेवा प्रदायकसँग एक किसिमको छलफल भएको छ, आवश्यक मात्रै तार राख्ने र अनावश्यक हटाउने र त्यसलाई व्यवस्थित गर्न लागिएको हो’, उनले भने, ‘तोकिएको अवधिमा सेवा प्रदायकले हटाएर सहयोग गरेन भने नगरपालिकाले तार काटिदिन्छ।’ प्रयोगमा आएका भन्दा नआएका तार धेरै भएकाले पनि बजारको सौन्दर्यमा असर गरेको महसुस गरी सम्बन्धित सेवा प्रदायक कम्पनीलाई तार हटाउन निर्देशन दिइएको नगरप्रमुख खाणले बताए।

‘सडकको माथि वा दायाँबायाँ लत्रिएका तारले बजारको सौन्दर्यलाई कुरूप बनाउनाका साथै आगलागी हुनसक्ने सम्भावना पनि उत्तिकै हुन्छ’, उनले भने, ‘प्रयोगमा नरहेका तार हटाउन सकेमा मात्रै पनि तार कमी हुनाका साथै त्यसलाई एउटै मुठो बनाएर पनि व्यवस्थित गर्न सकिन्छ।’ नगरपालिकाको निर्देशनसँगै पुराना अनि तामाका तारबाट वितरण गरिएका लाइन हटाउने तयारी थालिएको वालिङ इन्टरनेट प्रालिका सञ्चालक जोगराज पाठकले बताए।

‘नयाँ प्रविधिको फाइबर लाइनको विस्तारसँगै पुराना र प्रयोगमा नरहेका अनावश्यक तार हटाउनका लागि तयारी थालेका छौँ’, उनले भने, ‘वालिङस्थित सबै कम्पनीले यसरी नै पुराना र प्रयोगमा नरहेका आ–आफ्ना तार हटाइदिने हो भने व्यवस्थापनमा सहज हुने देख्छु।’ सेवा प्रदायक कम्पनी बढेसँगै पछिल्लो समय बजार क्षेत्रमा तार अव्यवस्थित देखिएका छन्। अनावश्यक र प्रयोगमा नरहेका तार हटाएर केही समयका लागि समाधान भए पनि त्यो दीर्घकालीन समाधान नहुने भएकाले दीर्घकालीन उपायको खोजीमा लाग्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन्।  -रासस

प्रकाशित: Sep 01, 2022| 14:11 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।