सोमबार, चैत २, २०८२

काठमाडौं उपत्यकासहित १० जिल्लामा डेंगुको उच्च संक्रमण

यस वर्ष नेपालमा डेंगु संक्रमण प्रकोपकै रूपमा फैलिएको छ।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– यस वर्ष नेपालमा डेंगु संक्रमण प्रकोपकै रूपमा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष ३ हजार २२७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। यो संख्या गत जुन महिनायताको हो। हालसम्म ६८ जिल्लामा संक्रमण फैलिसकेको छ।

१० जिल्लामा उच्च संक्रमण देखिएको छ। ललितपुरमा सबैभन्दा धेरै १ हजार १८० जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौं, भक्तपुर, रुपन्देही, तेह्रथुम, धादिङ, सिन्धुली, संखुवासभा, गुल्मी र अर्घाखाँचीमा गरी २ हजार ६०५ जना संक्रमित छन्। 

नेपालमा चार वर्षपछि डेंगु प्रकोपका रूपमा देखिएको हो। चिकित्सकहरुका अनुसार डेंगुबाट बच्ने मुख्य उपाय लामखुट्टेको टोकाइबाट जोगिनु नै हो। बिहान–बेलुका पूरा बाहुला भएको कपडा लगाउन, झुल टाँगेर सुत्न, झ्यालढोकामा जाली लगाउन र घर वरिपरि पानी जम्न नदिन तथा सरसफाइमा ध्यान दिन चिकित्सकहहरूको सुझाव छ।

प्रकाशित: Sep 01, 2022| 13:28 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्