बुटवल- कपिलवस्तुमा एकैदिन तीन जना झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। मंगलबार झुन्डिएको अवस्थामा तीनजनाको शव भेटिएको प्रहरीले जनएको छ।
मृत फेला पर्नेमा दुई महिला र एक पुरुष रहेका छन्। यशोधरा गाउँपालिका, वाणगंगा नगरपालिका र शिवराज नगरपालिकाका एक/एकजना झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। यशोधरा–२, सोनबर्सीका ४० वर्षीय राममहेश पासी रुखमा झुन्डिएको भेटिएको प्रहरी जनएको छ।
त्यसैगरी, वाणगंगा–६, अमौलीका २८ वर्षीय सिमबहादुर थारु घरमा टिनको छानामुनि रहेको फलामको पाइपमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए।
उता, शिवराज–१, वनकट्टाकी ३८ वर्षीया मनकला थापा क्षेत्री (थारु) आफ्नै घरको कोठामा फलामको पाइपमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।
तीनवटै घटनामा झुन्डिनुको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घलेले बताए।