बुधबार, फागुन २०, २०८२

ताज महलको नाम फेर्ने प्रस्ताव

भारतको उत्तर प्रदेशस्थित ताज महलको नाम फेर्न प्रस्ताव गरिएको छ। आगार नगम निगमले ताज महलको नाम बदलिने प्रस्ताव ल्याएको हो।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

नयाँदिल्ली- भारतको उत्तर प्रदेशस्थित ताज महलको नाम फेर्न प्रस्ताव गरिएको छ। आगार नगम निगमले ताज महलको नाम बदलिने प्रस्ताव ल्याएको हो। 

परिषद्मा ताज महलको नाम ‘तेजो महालय’ राख्ने प्रस्ताव गरिएको छ। परिषद्ले पारित गरेमा र त्यसलाई योगी क्याबिनेटले स्वीकृत गरेको खण्डमा नाम फेरिनेछ। 

यो पुरातात्त्विक संरक्षित स्मारक रहेकाले यसको नाम फेर्न केन्द्र सरकारको पनि निर्णय आवश्यक पर्ने छ। ताज महलमा शिवको मन्दिर रहेको भन्दै विवाद बढाइएकै बेला नाम फेर्ने प्रस्ताव आएको हो।

उत्तर प्रदेशमा योगी आदित्यनाथ मुख्यमन्त्री भएपछि विभिन्न सहर, सडक तथा महलहरूको नाम फेरिन थालिएको छ। 

पछिल्लो चार वर्षमा आगारमा ८० वटा सडकको नाम फेरिएको छ। त्यहीअनुसार ताज महलको नाम फेर्न पनि आवाज उठ्दै आएको छ।

kumari

प्रकाशित: Sep 01, 2022| 08:50 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।