काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका केही निर्देशकको सरुवा गरेको छ।
मन्त्रालयले स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीलाई ट्रमा सेन्टरमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा गरेको छ।
उनको स्थानमा डा. सर्वेश शर्मालाई ल्याइएको छ। ट्रमामा डा. प्रमोद यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिएको छ।
यसैगरी, कारागार अस्पतालको निर्देशकमा डा. प्रकाश बुढाथोकीलाई पठाइएको छ। उनी वीर अस्पतालमा थिए। राधिका थपलियालाई प्रदेश १ को स्वास्थ्य निर्देशनालयमा पठाइएको मन्त्रालय प्रशासनले जनाएको छ।
प्रदेश १ को स्वास्थ्य निर्देशनालयमा यसअघि नारायण ढकाललाई पठाइएको थियो। उनी जान नमानेपछि थपलियालाई पठाइएको हो। त्यसैगरी, कोशी अस्पतालको मेसुमा लक्ष्मीनारायण यादवलाई जिम्मा दिइएको छ।