बिहीबार, साउन १४, २०८३

रोल्पाको माडीमा दम्पतीको बीभत्स हत्या

माडी गाउँपालिका-३ तालावाङमा एक दम्पती धारिलो हतियारले काटेर हत्या गरिएको अवस्थामा फेला परेका छन्।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

रोल्पा- माडी गाउँपालिका-३ तालावाङमा एक दम्पती धारिलो हतियारले काटेर हत्या गरिएको अवस्थामा फेला परेका छन्। 

रोल्पा परिवर्तन गाउँपालिका-२, राङ्सी घर भएका करिब २७ वर्षीय दुर्गाबहादुर पुन र उनकी श्रीमती करिब ३७ वर्षीया पार्वती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

रोल्पा प्रहरी प्रमुख डीएसपी विनोद घिमिरेका अनुसार उनीहरूले काठमाडौंमा इँटाभट्टामा काम गर्दा बिहे गरेका थिए। पछि रोल्पा आई तालावाङस्थित जयलाल डाँगीको घरमा उनीहरू मजदुरी गर्दै आएको पाइएको प्रहरीले जनाएको छ।

उनीहरूको हत्या अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर बोलाइएको प्रहरीले जनाएको छ। घटनाको खबर पाएसँगै घर्तीगाउँ इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक देवराज भट्टराईको टोली र रोल्पा प्रहरी प्रमुख विनोद घिमिरेको टोलीले घटनास्थल पुगेको छ। 

घटना मंगलबार राति भएको हुन सक्ने जनाउँदै प्रहरीले अनुसन्धान थालिएको जनाएको छ। उनीहरूको बीभत्स हत्या गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Sep 01, 2022| 06:47 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।