शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालकमाथि अप्राकृतिक मैथुन गरेको आरोपमा गैसस मोरङका अध्यक्ष पक्राउ

बालकमाथि अप्राकृतिक मैथुन गरेको आरोपमा गैसस मोरङका अध्यक्ष पक्राउ

एजुकेसन हेल्पलाइन विराटनगरका अध्यक्षसमेत रहेका ढकालले बालकलाई पटकपटक यौन दुर्व्यवहार गर्दै आएको स्रोतको भनाइ छ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

National life

विराटनगर- १३ वर्षीय बालकमाथि यौन दुर्व्यवहार गरेको आरोपमा गैरसरकारी संस्था मोरङका अध्यक्ष राजेन्द्रप्रसाद ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। विराटनगर-१२ का ६१ वर्षीय ढकाललाई पीडित बालकका परिवारले दिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

एजुकेसन हेल्पलाइन विराटनगरका अध्यक्षसमेत रहेका ढकालले बालकलाई पटकपटक यौन दुर्व्यवहार गर्दै आएको उजुरी गरेपछि पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ। पीडितको उजुरीका आधारमा बुधबार साँझ नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले बताए।

बालकमाथि अप्राकृतिक मैथुन गरेको आरोप लागेका ढकालले पछिल्लो पटक गत भदौ १३ बालकलाई दुर्व्यवहार गरेको बताइएको छ।

प्रकाशित: Aug 31, 2022| 22:13 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।