बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एक करोड १४ लाख भ्रष्टाचार गरेको भन्दै धनुषाका तत्कालीन सीडीओसहित १३ जनाविरुद्ध मुद्दा

एक करोड १४ लाख भ्रष्टाचार गरेको भन्दै धनुषाका तत्कालीन सीडीओसहित १३ जनाविरुद्ध मुद्दा

सरकारी सार्वजनिक निकाय गुठी संस्थानलाई नै प्राप्त हुनु पर्ने रकम किर्ते मोही खडा गरी मुआब्जा दिई उनीहरुले बदनियतसाथ १ करोड १४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) बसन्तराज गौतमसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। धनुषा जिल्ला साविक भरतपुर गाविसअन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्वमा रहेको जग्गामा कीर्ते मोही खडा गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर भएको हो। 

मुआब्जा निर्धारण समितिका अध्यक्षसमेत रहेका तत्कालीन सीडीओ गौतमसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी बुधबार दिएको छ। सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको देखिएको भन्दै गौतमसहित गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत १३ जनाउपर मुद्दा दायर गरेको हो। 

उजुरी छानबिन गर्दा सरकारी सार्वजनिक निकाय गुठी संस्थानलाई नै प्राप्त हुनु पर्ने रकम किर्ते मोही खडा गरी मुआब्जा दिई उनीहरुले बदनियतसाथ १ करोड १४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

पूर्वसीडीओ गौतममाथि १ करोड १४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार ऐनबमोजिम कैद सजाय र असुलउपर गर्न माग दाबी गरिएको छ।

प्रकाशित: Aug 31, 2022| 20:35 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।