बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बाढीले ३० लाख नागरिक विस्थापित भएपछि पाकिस्तानी प्रधानमन्त्रीद्वारा सहयोगको अपिल

बाढीले ३० लाख नागरिक विस्थापित भएपछि पाकिस्तानी प्रधानमन्त्रीद्वारा सहयोगको अपिल

बाढीका कारण विस्थापित भएका व्यक्तिको सङ्ख्या दशौँ लाख भएकाले उनीहरुको उद्वार, पुनस्र्थापना र राहतका लागि ठूलो आर्थिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले सहयोग पुर्‍याउन आग्रह गरे।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री साबाज शरिफले पाकिस्तानमा बाढीले इतिहासमै सबैभन्दा क्षति पुर्‍याएको भन्दै सहयोगका लागि अपिल गरेका छन्। पाकिस्तानी नागरिकका साथै विदेशी दाता निकाय तथा देशसँग उनले उक्त अपिल गरेका हुन्।

बाढीका कारण विस्थापित भएका व्यक्तिको सङ्ख्या दशौँ लाख भएकाले उनीहरुको उद्वार, पुनस्र्थापना र राहतका लागि ठूलो आर्थिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले सहयोग पुर्‍याउन आग्रह गरे। 

यहाँका कैयौँ प्रान्तमा बाढीले गरेको क्षति न्यूनिकरणका लागि सरकारले प्रयत्न गरिरहेको भए पनि सबै नागरिकलाई बास र खानपिनको उचित व्यवस्थापन गर्न सम्भव हुन सकेको छैन। त्यसैले उनीहरुलाई राहात र पुनर्स्थापनाका लागि ठूलो मात्रामा आर्थिक सहयोग आवश्यक परेको भन्दै अन्तरराष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका हुन्। पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर एक हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ। 

यो बाढीमा परेर तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। यहाँ गएको हप्तादेखि अविरलरुपमा वर्षा भएको छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर ती व्यक्तिको मृत्यु भएको हो। यहाँका १ हजार ६ सय ३४ जना घाइते भई अस्पतालमा उपचाररत छन्। 

 पाकिस्तानी अधिकारीका अनुसार बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढी र त्यसपछि आएको पहिरोबाट बढी मात्रामा प्रभावित छन्। बाढी र पहिरोले सडक बगाएको, पशु चौपाया बगाएको, पुल भत्काएको तथा ठूलो क्षेत्रमा लगाएको बाली पनि नष्ट गरिदिएको बताइएको छ। 

kumari

प्रकाशित: Aug 31, 2022| 17:47 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।