बिहीबार, साउन १४, २०८३

आरोपै-आरोप लागेका न्यायाधीश अधिकारी बर्खास्त

न्यायपरिषद्को बैठकले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गरेको छ। बिहीबार बसेको परिषद् बैठकले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं– न्यायपरिषद्को बैठकले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गरेको छ। बिहीबार बसेको परिषद् बैठकले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा उनले आर्थिक स्वार्थ र लेनदेनका कारण न्यायसम्पादन प्रभावित पारेको उजुरी परेको थियो। त्यसपछि न्यायपरिषद््ले उनलाई सर्वोच्च अदालतमा झिकाएको थियो।

बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा  ‘यान्त्रिक रुपमा पक्राउ अनुमति दिएको’ आरोप पनि उनीमाथि लागेको थियो। 

अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घूस खाएको आरोप पनि छ। उनको खातामा शंकास्पद रुपमा ८ लाख रुपैयाँ भेटिएको थियो। त्यतिबेलै सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल प्रधानको इजलासले उनलाई बर्खास्तीको सिफारिस गरेको थियो। 

सो सिफारिसपछि पनि उनको बर्खास्ती भएन। बरु उनी कालीकोट र पछि बाँकेमा सरुवा भएका थिए।

प्रकाशित: Aug 31, 2022| 17:23 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।