बुधबार, असार ३, २०८३

प्राइम टाइम शो नपाएपछि तीन दिनमै पर्दाबाट उतारियो 'राधा'

राधाले दर्शकको मन जित्नेमा ढुक्क निर्देशक थापा वितरक र हलवालाको चलाखीका कारण पर्दाबाट उतार्नुपरेको दाबी गर्छन्।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं– १० भदौ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘द सिक्रेट अफ राधा’को प्रदर्शनीलाई निर्माण टिमले मंगलबार अचानक रोक्यो। निकै आशा गरिएको चलचित्र राधालाई हेर्न उत्साहित दर्शकलाई निराशै बनाएर फिल्म रोक्नुको कारण के? राधाका निर्देशक सुवर्ण थापाका अनुसार ‘प्राइम टाइम शो’ नपाएपछि प्रदर्शनीलाई रोकिएको हो।

National life

‘दर्शक आउने खास समयमै राधाले शो पाएन। साँझ र बिहानको शो दिएर अल्झाउन खोजियो’, निर्देशक थापाले भने। १० भदौमा ‘राधा’ र ‘प्रकाश’ नेपालभरि प्रदर्शनमा आएका थिए। प्रदीप खड्का अभिनीत चलचित्र प्रकाशले पनि सुरुमा हल पाउन सकेको थिएन। चलचित्र हेरेका दर्शकले दिएको प्रतिक्रिया सकारात्मक रहेकाले दर्शकको संख्या बढ्दै गएपछि हलहरूले शो बढाउन थालेका थिए। तर चलचित्र राधाको प्रदर्शनीलाई भने रोक्नुप¥यो।

राधा कमजोर चलचित्र भएकै कारण हल नपाएको भन्ने पक्षमा छैनन्, निर्देशक सुवर्ण थापा। राधाले दर्शकको मन जित्नेमा ढुक्क थापा वितरक र हलवालाको चलाखीका कारण राधाको प्रदर्शनीलाई रोक्नुपरेको बताउँछन् ।

सामाजिक सञ्जाल र माउथ पब्लिसिटीका कारण चलचित्र ‘प्रकाश’ ले दर्शक पाएझैं राधाले पनि दर्शक पाउने विश्वास गरेका थिए, थापाले। खास दर्शक हलमा आउने भनेको प्राइम टाइम शोमा हो। सोही समय कटौती गरेपछि राधाको दर्शक घटेको दाबी थापाको छ।

‘दर्शक हलमा जाँदाजाँदै पनि शो घटाएर अन्याय गरे’, थापाले भने, ‘लामो समयसम्म चल्ने अपेक्षा राखेको र दर्शक पनि ओइरिहेका बेला शो नै नदिनु राधामाथि मात्रै नभएर सिंगो नेपाली चलचित्रलाई अन्याय गरिएको हो।’

Shivam cement

हराएका श्रीमान् खोज्न भौतारिएकी एक महिलाको कथा हो राधा, जसले प्रदर्शन अगाडि नै राम्रो प्रतिक्रिया बटुल्न सफल भएको थियो। ‘पाउमा पाउजु’, गीत यसपालिको तीजका लागि राम्रै खुराक सावित भयो। तर चलचित्र तीन दिनमै हलबाट उतार्नुपर्ने कारण भने गम्भीर ठान्छन्, निर्देशक थापा। उनी भन्छन्, ‘राधाको प्रदर्शनीलाई रोक्नुको कारण अनेक छन्, जसलाई भन्न पनि गाह्रो छ।’

राधाले दर्शकको मन जित्नेमा ढुक्क निर्देशक थापा वितरक र हलवालाको चलाखीका कारण पर्दाबाट उतार्नुपरेको दाबी गर्छन्।

शुक्रबार ४५ शो पाएको चलचित्रले शनिबार ५० शो र तीजको दिन ५५ शोभन्दा माथि पाउने आश गरे पनि अपेक्षाकृत रूपमा हलहरूले शो नदिएको थापाको आरोप छ।

राधा चलचित्र निर्मातासमेत रहेकी देवकी विष्ट उपत्यकाबाहिरका वितरकले पोस्टरसमेत सिनेमा हल र त्यो वरपर नटाँसिदिएको गुनासो गर्छिन्। उपत्यकाबाहिर मनोज राठी वितरक थिए। ‘हामीले पैसा तिरेका छौं। प्राइम टाइम शो एक– दुई वटा मिलाइदिनुपर्यो भनेर अनुरोध गरेका थियौं तर भएन’, विष्टले भनिन्।  

उपत्यकाभित्र गोविन्द शाहीले राधालाई वितरण गरेका थिए। हलमा चल्दाचल्दै राधाको प्रदर्शनीलाई रोकियोबारे बुझ्न खोज्दा उनी बोल्न चाहेनन्।  

अर्का वितरक गोपाल कायस्थ राधा हेर्न दर्शक नै नआइदिएका कारण प्राइम शो नपाएको दाबी गर्छन्। उनले भने, ‘१० भदौमा प्रदर्शनमा आएको राधा र प्रकाश हेर्न बुधबारसम्म कुनै दर्शक छैनन्। यस्तो अवस्थामा हल मात्रै ओगटेर भएन नि। फिल्म राम्रो भए मात्र दर्शक आउने हो। प्रकाश पनि प्रदीप खड्काका कारण अलिअलि चलेको छ।’

प्रकाश प्रदीपकै स्टारडमका कारण चलेको हो भने राधा पनि चल्नुपथ्र्यो किनकि स्टारडमको ओइरो राधामा पनि देख्न सकिन्छ।  सौगात मल्ल र सृष्टि श्रेष्ठबाहेक दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्यदेव पन्त, पुष्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतका कलाकारको अभिनय रहेको छ। 

निर्मातासमेत रहेका सौगात मल्लले राधालाई डिजिटल प्लेटफर्मबाट सार्वजनिक गर्ने विकल्प सुनाए। २४ भदौलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘राधा’ प्रिपोन्ड भएर दुई साता अगाडि १० भदौमा प्रदर्शनमा आएको थियो। प्रदीप अभिनीत ‘प्रकाश’ सँग भिड्ने तयार भएर प्रदर्शनमा आएको राधाले दक्षिण भारतीय फिल्म ‘लाइगर’सँग पनि भिड्नुपर्यो । 

नेपाली चलचित्र चलाउन बलिउड तथा दक्षिण भारतीय फिल्मको सेड्युल हेर्नुपर्छ। त्यसो नगरिए दक्षिण भारतीय तथा बलिउड फिल्मको चेपुवामा नेपाली चलचित्र पर्छन्। १० भदौको प्रदर्शन मिति पाएको राधा र प्रकाशको प्रदर्शन मितिलाई पनि पछाडि सार्न वितरक तथा हलवालाले अनुरोध गरेका थिए। तर प्रकाश र राधाको टिमले पछाडि सार्न मानेनन्।  

अन्तिममा नेपाली फिल्मलाई व्यावसायिक असर नपर्ने गरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले वितरक र हल सञ्चालकलाई लाइगर राती ८ बजे पछि मात्रै चलाउन निर्देशन दिएका थिए। नेपाली फिल्मलाई मर्का पर्न सक्नेतर्फ गम्भीर बन्न हल सञ्चालकलाई उनले आग्रह गरेका थिए। 

केसीको आग्रहपछि शुक्रबारका लागि मुलुकका प्रमुख मल्टिप्लेक्स चेन क्यूएफएक्समा ‘लाइगर’लाई ६४ शो, नेपाली फिल्म प्रकाशलाई १३ र राधालाई १४ शो दिइएको थियो।


प्रकाशित: Aug 31, 2022| 17:09 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।