शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पल शाहको मुद्दामाथि तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुँदै

पल शाहको मुद्दामाथि तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुँदै

शाहविरुद्ध बलात्कार मुद्दाको पेशी जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासमा तोकिएको हो।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- नाबालिग गायिकालाई बलात्कार अभियोगमा कारागारमा रहेका नायक पल शाहविरुद्धको मुद्दाको पेशी तनहुँ जिल्ला अदालतमा बुधबारका लागि तोकिएको छ। शाहविरुद्ध बलात्कार मुद्दाको पेशी जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासमा तोकिएको हो। 

National life

नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो। फागुन १५ गते शाहले प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए।

उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा छ। नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ। अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा सुनुवाइ सुरु भएको छ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दामा न्यायाधीश दलबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको हो।

प्रकाशित: Aug 31, 2022| 14:09 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।