धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रमुख सचिवमा नारायण प्रसाद शर्मा दुवाडी नियुक्त भएका छन्। बुधबारबाट उनले आफ्नो कार्यभार सम्हालेका छन्।
उनी यसअघि प्रधानमन्त्रीको कार्यालयमा कार्यरत थिए। विगत लामो समयदेखि प्रदेश सरकार प्रमुख सचिवविहीन बनेको थियो।
यसअघिका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीलाई गुपचुपमै सुरुवा गरिएपछि प्रदेश सरकार निमित्तको भरमा चलेको थियो।