रुपन्देही- रुपन्देहीको शुद्धोधनमा गाउँपालिकामा बुधबार बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ।
शुद्धोधन गाउँपालिका-४ स्थित फर्साटिकरमा खेतमा बिहान शिशु जन्माएर फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। शिशुको स्वास्थ्यवस्था सामान्य रहेको छ।
शिशुलाई उद्दार गरी लुम्बिनी प्रदेशिक अस्पतालमा राखिएको छ। शिशु कसले जन्माएर फालेको भन्ने बारे खोजी भइरहेको प्रहरीले जनाएको छ।