काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ र कञ्चन निरौलाबीच आज बिहे भएको छ। किरणले प्रेमिका कञ्चनसँग बालुवाटारस्थित एक पार्टी प्यालेसमा बिहे गरेका हुन्।
किरणले हालै माल्दिभ्सको शीर्ष डिभिजन धिवेही प्रिमियर लिगको उपाधि जितेपछि सेलिब्रेसन गर्ने क्रममा प्रेमिका कञ्चनलाई मैदानमै लगेर औँठीसहित बिहेको प्रस्ताव गरेका थिए। किरणले कञ्चनलाई पहिलोपटक त्यहीँबाट प्रेमिकाको रुपमा सार्वजनिक गरेका हुन्।
एयरहोस्टेज कञ्चन र किरण पछिल्लो डेढ वर्षयता प्रेम सम्बन्धमा रहेका थिए। धिवेही प्रिमियर लिग सकिएपछि किरणले कञ्चनसँग माल्दिभ्समै बिदा मनाएका थिए।
कञ्चनलाई बिहेको प्रस्ताव गर्ने बेला किरणले आमालाई पनि माल्दिभ्समै बोलाएका थिए।