बुधबार, जेठ २७, २०८३

आउँदो निर्वाचनमा परिचालित हुँदै करिब साढे २ लाख कर्मचारी

निर्वाचनमा आवश्यक पर्नेमध्ये करिब ९८ प्रतिशत कर्मचारीलाई मतदान केन्द्रमा खटाउने आयोगको तयारी।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं– आगामी ४ मंसिरमा हुने संघीय तथा प्रदेशसभा चुनावमा करिब २ लाख ४६ हजार कर्मचारी परिचालन हुने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार निर्वाचनमा आवश्यक पर्नेमध्ये करिब ९८ प्रतिशत कर्मचारीलाई मतदान केन्द्रमा खटाइनेछ। 

National life

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान केन्द्रको संख्यामा निर्भर भए पनि करिब २ लाख ४६ हजार ९६० जनशक्ति आवश्यक पर्ने बताए। आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान केन्द्रको संख्या करिब २३ हजार ७०० हुने अनुमान आयोगको छ। स्थानीय चुनावमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएको थियो।

प्रवक्ता पौडेलले भने, ‘मतदान केन्द्र पुनरवलोकन भई बढ्ने सम्भावना रहेकाले सोही अनुपातमा जनशक्ति थपिनेछन्।’ आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा ११ जना जनशक्ति रहनेछन्। मतदान केन्द्रमा ८   कर्मचारी र ३ स्वयंसेवक राखिनेछन्। 

स्थानीय तह चुनावमा महानगर, नगरपालिका र गाउँपालिकाअनुसार मतदान केन्द्रमा खटिने कर्मचारीको संख्या ५ देखि ८ जनासम्म थियो। उक्त चुनावमा निर्वाचन अधिकृतको कार्यालय ७५३ र मतगणनासमेत प्रत्येक पालिकामा भएकाले कर्मचारी संख्या १ लाख ९,०८८ थियो भने करिब ६५ हजार स्वयंसेवक परिचालित भएका थिए। 

तर, आगामी चुनावमा १६५ निर्वाचन क्षेत्र मात्रै रहेकाले सोही संख्यामा निर्वाचन अधिकृतको कार्यालय रहनेछन्। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा १,४८५ कर्मचारी नियुक्त हुनेछन्। 

Shivam cement

आयोगको केन्द्रीय कार्यालयसहित प्रदेश र जिल्लास्थित कार्यालयमा एक हजार जनशक्ति आवश्यक हुने बताइएको छ। केन्द्रीय कार्यालयमा काजमा आउने तथा प्रदेश र जिल्लाका कर्मचारीसहित सचिवालयमा १००० कर्मचारी रहने प्रवक्ता पौडेलले बताए। आयोगले मतगणनाका लागि २,४७५ जना कर्मचारी आवश्यक हुने जनाएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीमा प्रतिनिधि सभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० वटा क्षेत्र छन्।

प्रकाशित: Aug 31, 2022| 11:39 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...