मंगलबार, वैशाख २९, २०८३

कान्ति बाल अस्पताल विकास समितिका कर्मचारीहरू आन्दोलित

चौबिस बुँदे माग राख्दै माग पुरा गर्न अस्पताल नेतृत्वलाई एक साताको समयावधि दिएर आन्दोलनमा उत्रिएका छन्।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

National life

काठमाडौं- कान्ति बाल अस्पताल विकास समितिका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। चौबिस बुँदे माग राख्दै  माग पुरा गर्न अस्पताल नेतृत्वलाई एक साताको समयावधि दिएर आन्दोलनमा उत्रिएका छन्।

कर्मचारीहरूले नेतृत्व तहबाट आर्थिक अनियमितता भएको, विना टेन्डर कोटेसनबाट सेटीङ मिलाएर खरिद गरी अस्पताललाई आर्थिक भार तथा अनियमितता गरेको लगायत आरोप लगाएका छन्। कर्मचारीहरूले स्वास्थ्य मन्त्री समक्ष तीन बुँदे माग समेत पेस गरेका छन्।

जसमा अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनु पर्ने लगायतका माग रहेका छन्। आगामी भदौ २१ गतेसम्म मागहरू पुरा नभए निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा अनिश्चित कालिन तालाबन्दी गर्ने चेतावनी दिएका छन्। कर्मचारीहरूले अस्पतालमा ब्यानर टाँगेर आन्दोलन सुरु गरेका छन्।

प्रकाशित: Aug 31, 2022| 11:34 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्