शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रामेछापको मन्थलीमा चिस्यान केन्द्र सञ्चालनमा ढिलाइ

रामेछापको मन्थलीमा चिस्यान केन्द्र सञ्चालनमा ढिलाइ

बागमती प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड लागतमा मन्थली नगरपालिका–१ स्थित सानीमदौमा निर्माण भएको सो केन्द्र सञ्चालनमा नआउँदा कृषक चिन्तित भएका छन्।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

रामेछाप- प्रदेश सरकारबाट हस्तान्तरण नहुँदा रामेछापको मन्थलीमा निर्माण भएको चिस्यान केन्द्र सञ्चालनमा आउन ढिलाइ भएको छ। बागमती प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड लागतमा मन्थली नगरपालिका–१ स्थित सानीमदौमा निर्माण भएको सो केन्द्र सञ्चालनमा नआउँदा कृषक चिन्तित भएका छन्। 

National life

जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गरी बेमौसममा बजारसम्म पुर्‍याउने उद्देश्यले चिस्यान केन्द्र निर्माण भए पनि हालसम्म प्रदेश सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेको छैन। निर्माण कम्पनीले विसं २०७८ असार मसान्तअघि नै कार्य सम्पन्न गर्नुपर्ने सम्झौता उल्लेख छ।

रामेछापमा जुनार सुन्तलाजस्ता अमिलो जातका फलफूल तथा आलुलगायतका तरकारी ठूलो परिमाणमा उत्पादन हुने गर्छ। चिस्यान केन्द्र नहुँदा किसानको कतिपय उत्पादन समयमा बिक्री नहुँदा त्यतिकै नाश हुने गरेको छ।

केन्द्र बनेपछि समय अनुकूल तरकारी बिक्री गर्न सकिने कृषकको विश्वास छ। केन्द्र निमार्ण सुरु भए यता आफूहरूले उत्पादनमा वृद्धि गरेको कृषक मीनबहादुर खड्काले बताए। समयमै चिस्यान केन्द्र नबन्दा आफूहरूले उत्पादन गरेको आलु, काउली, टमाटर सधैँ कुहिएर जाने गरेको कृषकको गुनासो छ।

'घर नजिकै चिस्यान केन्द्र बन्छ भन्दा जति खुसी लागेको थियो, केन्द्र अलपत्र अवस्थामा पुग्दा त्यो भन्दा बढी दुःख लागेको छ', अर्का कृषक पार्वती सुवेदीले भने। प्रदेश सरकारले निर्माण सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गर्न ढिलाइ गर्दा चिस्यान केन्द्र अलपत्र आवस्थामा पुगेको मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले बताए।   -रासस

प्रकाशित: Aug 31, 2022| 10:12 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।