शनिबार, जेठ २, २०८३

धादिङमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

धादिङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- धादिङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। 

National life

गल्छी गाउँपालिका-७ बुद्धपार्कमा हिजो स्कुटर र हाइस माइक्रो बस आपसमा ठोक्किँदा स्कुटर चालक स्थानीय १८ वर्षिय सविन रिजालको मृत्यु भएको हो। 

स्कुटरमा पछाडि सवार २२ वर्षिय अमृत तामाङ घाइते भएका प्रहरीले जनाएको छ। रिजालको उपचारको क्रममा अम्बिभरोसा अस्पतालमा साँझ साढे ६ बजे मृत्यु भएको हो। तामाङलाई भने थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ। 

हिजो साँझ सवा ६ बजे रिजालले चलाएको वाग्मती प्रदेश ०३ ०२ ०११ प ५३२७ नम्बरको स्कुटर र ग १ ख ३४३६ नम्बरको हाइस माइक्रो बस आपसमा ठोक्किएका थिए।

प्रकाशित: Aug 31, 2022| 09:20 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।