शनिबार, जेठ २, २०८३

दाङमा चट्याङ लागेर दुईको मृत्यु, १२ जना घाइते

चट्याङ लागेर दाङमा दुई जनाको ज्यान गएको छ। प्रहरीका अनुसार थप १२ जना घाइते भएका छन्।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

दाङ- चट्याङ लागेर दाङमा दुई जनाको ज्यान गएको छ। प्रहरीका अनुसार थप १२ जना घाइते भएका छन्।

National life

घोराही उपमहानगरपालिका-१२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको ज्यान गएको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर वलीले चट्याङ लागेर दुई जनाको मृत्यु र १२ जना घाइते भएको खबर प्राप्त भएको बताए। उनले मृतक र घाइतेको पनि पहिचान खुल्न बाँकी रहेको बताए।

प्रहरीलाई घटनाबारे बुधबार बिहानै खबर आएको र घटनास्थलतर्फ प्रहरी पठाइएको एसपी वलीको भनाइ छ। चार/पाँच घन्टा हिँडेर घटनास्थलमा पुगिने र पहिँरोका कारण बाटो अवरुद्ध रहेको प्रहरीको भनाइ छ।

मेयर चौधरीले तीजको नाँचगान भइरहेको समयमा चट्याङ खसेकाले ठूलो मानवीय क्षति भएको बताए। घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित: Aug 31, 2022| 09:02 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।