बुधबार, फागुन २०, २०८२

सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचोभको निधन

सोभियत संघको पतन रोक्न नसकेका, तर रक्तपात नगरी शीतयुद्धको अन्त्य गरेका गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको रुसी समाचार संस्थाहरुले जनाएका छन्।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- पूर्व सोभियत संघका नेता मिखाइल गोर्बाचोभको निधन भएको छ। सोभियत संघको पतन रोक्न नसकेका, तर रक्तपात नगरी शीतयुद्धको अन्त्य गरेका गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको रुसी समाचार संस्थाहरुले जनाएका छन्।

पछिल्ला वर्षमा उनको स्वास्थ्यस्थिति बिग्रँदै गएको थियो। जसका कारण धेरै पटक अस्पताल भर्नासमेत हुनुपरेको थियो। ‘लामो समयदेखि गम्भीर बिमारीसँग जुझिरहेका गोर्भाजेभको आज साँझ निधन भएको छ,’ मस्कोको सेन्ट्रल क्लिनिकल हस्पिटलले मंगलबार राति भनेको छ। 

यसै वर्षको जुनमा केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गोर्बाचोभलाई मिर्गौला रोगका कारण अस्पताल भर्ना गरिएको दाबी गरेका थिए। तर, गोर्बाचोभको मृत्युको कारण भने खुल्न सकेको छैन। 

गोर्बाचोभको अन्त्येष्टि मस्कोमा हुनेछ। रूसी समाचार एजेन्सी टासका अनुसार उनलाई सन् १९९९ मा मृत्यु भएकी उनकी श्रीमती राइसाको चिहान नजिकै नोवोडेभिची कब्रिस्तान नजिकै गाडिनेछ। 

गोर्बाचोभ तत्कालीन सोभियत युनियनका अन्तिम राष्ट्रपति हुन्। उनले अमेरिकासँगको शीतयुद्ध अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निभाएका थिए।

kumari

सन् १९८५ देखि सन् १९९१ सम्म सोभियत संघको सत्तामा रहेका उनले सोभियत संघको पतन भने रोक्न सकेनन्, जसका कारण आधुनिक रूसको उदय भयो। -सिन्ह्वा

प्रकाशित: Aug 31, 2022| 08:52 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।