बिहीबार, साउन १४, २०८३

बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- देशका केही भागमा गएराति देखिनै भारी वर्षा भइहेको छ। विशेषगररी गण्डकी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको हो। 

तनहुँ, लमजुङ, कास्की, बागलुङ, पर्वत, स्याङजा, नवलपरासी पूर्व र पश्चिम तथा चितवन र आसपास धेरै स्थानमा मध्यमदेखि भारी वर्षा मापन भएको छ। 

उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुनका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्क हुन पनि विभागले आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौंका विभिन्न भागमा पनि बिहानैबाट वर्षा भइरहेको छ। 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।  प्रदेश–१,  वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पनि प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।  प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षा भइरहेको र कही स्थानमा दिउँसो र राति पनि सोही सम्भावना रहेकाले भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। 

नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले सचेत गराएको छ।

प्रकाशित: Aug 31, 2022| 06:33 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।