बुधबार, फागुन २०, २०८२

खाद्य सहायता जहाज युक्रेनबाट यमन प्रस्थान : डब्ल्यूएफपी

विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले ३७ हजार मेट्रिक टन गहुँ बोकेको जहाज मङ्गलबार युक्रेनको युजन्हीको ब्ल्याक सी बन्दरगाहबाट यमनतर्फ प्रस्थान गरेको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले ३७ हजार मेट्रिक टन गहुँ बोकेको जहाज मङ्गलबार युक्रेनको युजन्हीको ब्ल्याक सी बन्दरगाहबाट यमनतर्फ प्रस्थान गरेको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ। 

गत 'फेब्रुअरीमा (रूसी–युक्रेनी) द्वन्द्व सुरु भएदेखि युक्रेनबाट भएको खाद्य सहायताको यो दोस्रो सामुद्रिक ढुवानी हो,'विज्ञप्तिमा भनिएको छ।

यो ढुवानीले यमनका करिब ४० लाख मानिसलाई एक महिनाका लागि सहयोग उपलब्ध गराउने अपेक्षा गरिएको छ।

यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा फसेको छ जसले देशको अर्थतन्त्र ध्वस्त भएको छ र लाखौँलाई भोकमरीमा धकेलिरहेको छ।


प्रकाशित: Aug 31, 2022| 05:00 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।