सोमबार, चैत २, २०८२

आज १५ औं पुस्तकालय दिवस मनाइँदै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको राष्ट्रिय पुस्तकालय दिवस मूल आयोजक समिति, २०७९ को आयोजनामा काठमाडौंस्थित रूसी सदन, कमलपोखरीमा मूल समारोहको आयोजना हुँदैछ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- ‘पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ आदर्श वाक्यका साथ १५औँ पुस्तकालय दिवस बुधबार मनाइँदैछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको राष्ट्रिय पुस्तकालय दिवस मूल आयोजक समिति, २०७९ को आयोजनामा काठमाडौंस्थित रूसी सदन, कमलपोखरीमा मूल समारोहको आयोजना हुँदैछ। 

समारोहमा पुस्तकालय तथा सूचना विज्ञान क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप व्यक्ति वा संस्थालाई सम्मान, सामाजिक तथा रचनात्मक क्रियाकलाप उपसमितिद्वारा सञ्चालित निबन्ध प्रतियोगिताका विजयी व्यक्तिहरूलाई प्रशंसापत्र वितरण तथा स्मारिका विमोचन हुने समितिका सदस्य–सचिव यादवचन्द्र निरौलाले जानकारी दिए। 

समितिले मुलुकका सबै विश्वविद्यालयहरू, प्रदेशका सामाजिक विकास मन्त्रालयहरू, शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइहरू, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सात सय ५३ वटै स्थानीय निकायहरू, गाउँपालिका महासंघ नेपाल, नेपाल नगरपालिका सङ्घ, एवं पुस्तकालयको विकास र विस्तारमा संलग्न सबै गैरसरकारी सङ्घसंस्थाहरूमा समेत विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ। 

प्रकाशित: Aug 31, 2022| 06:10 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्