मंगलबार, वैशाख २९, २०८३

परीक्षा बोर्डको बैठक स्थगित, कक्षा १२ को नतिजा आज नआउने

तीजको दिन नतिजा सार्वजनिक नगर्न सामाजिक सञ्जालबाट दबाब आएपछि बोर्डले बैठक सारेको छ। अनिश्चितकालको लागि बैठक सारिएको परीक्षा बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले जानकारी दिए।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

National life

काठमाडौं- कक्षा १२ को नतिजा मंगलबार सार्वजनिक नहुने भएको छ। नतिजा सार्वजनिक गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डले ३ बजेका लागि बोलाएको बैठक स्थगित भएपछि नतिजा सार्वजनिक नहुने भएको हो। 

तीजको दिन नतिजा सार्वजनिक नगर्न सामाजिक सञ्जालबाट दबाब आएपछि बोर्डले बैठक सारेको छ। अनिश्चितकालको लागि बैठक सारिएको परीक्षा बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले जानकारी दिए।

'आजको बैठक 'पोस्टपोन्ड' गरिएको छ। आज बोर्ड नबस्ने जानकारी फोनमार्फत दिइसकिएको छ। तर अब बैठक कहिले बस्छ भन्ने चाहिँ निश्चित भैसकेको छैन,' अर्यालले नेपाल समयसँग भने।

प्रकाशित: Aug 30, 2022| 14:41 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्