शनिबार, साउन १२, २०८१

कांग्रेस पदाधिकारीको क्षेत्रमा कस्तो छ चुनावी अंकगणित?

कांग्रेसका पदाधिकारीलाई टिकट पाउनै हम्मे, पाए जित्न मुस्किल
 |  मंगलबार, भदौ १४, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, भदौ १४, २०७९

काठमाडौं- प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा गठबन्धनमा आबद्ध दलका नेतालाई उम्मेदवार बन्नै मुस्किल छ। निर्वाचनको मिति नजिकिएसँगै सबै आकांक्षीहरू खुले पनि गठबन्धन दललाई नेता व्यवस्थापन चुनौतीपूर्ण छ। यसमा पनि गठबन्धनको प्रमुख हिस्सेदार नेपाली कांग्रेसका आकांक्षी मिलाउन सहज छैन। नेपाली कांग्रेसका केही पदाधिकारीलाई टिकट पाउन सहज छैन। कांग्रेसका सबै १३ पदाधिकारीले टिकट पाउने निश्चित छैन। 

triton college

गठबन्धनका दलले पाउने सिट संख्या मिलाउन बनाइएको कार्यदलले काममा अपेक्षित उपलब्धि हासिल गरेको छैन। कार्यदलका संयोजक कांग्रेसका कृष्णप्रसाद सिटौलाको अस्वस्थताका कारण कार्यदलको काम प्रभावकारी बन्न नसकेको बताइएपनि नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल भने गठबन्धनका शीर्ष दलले नै सिट बाँडफाँटको टुंगो लगाउनुपर्ने पक्षमा छन्। यसो गर्दा मुख्यत: कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग 'बार्गेन' गरेर बढी सिट लिन सकिने उनीहरूको विश्वास छ।  

कार्यदलले सिट बाँडफाँटको मापदण्ड बनाउने काम गरिरहेको कार्यदल सदस्य तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिएका छन्। १६५ मात्र निर्वाचन क्षेत्र भएपनि कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाले २२७ सिट भएजसरी दाबी गर्दा कार्यदललाई सिट बाँडफाँट गर्न असहज भएको उनको भनाइ छ। चार दलको दाबी उदेकलाग्दो भएको बताएका गिरीले उनीहरू लचक नभएसम्म बाँडफाँट नटुंगिने उल्लेख गरे।

दलहरुलाई चुनावी चटारो सुरु भएसँगै मतको लेखाजोखासमेत सुरु भइसक्दा कांग्रेसका पदाधिकारीलाई टिकट हात पार्न सकस छ। कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा आफ्नो क्षेत्रबाट टिकट पाउनेमा विश्वस्त छैनन्। माओवादी र नेकपा एसले २०७४ मा जितको स्थानमा सम्बन्धित दलकै पहिलो हक लाग्ने व्यवस्था गर्नुपर्ने दाबी गरिरहेकाले उनीहरूलाई टिकट पाउन चुनौती थपिएको हो। ८ मध्ये सबै सहमहामन्त्री पनि टिकट हात पर्नेमा विश्वस्त छैनन्।   

Metro Mart
vianet
देउवालाई अंकगणितको साथ
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापित शेरबहादुर देउवा २०४८ साल देखि डडेल्धुराबाट निरन्तर निर्वाचित हुँदै आएका छन्। संसदीय निर्वाचनमा ६ पटक प्रतिस्पर्धामा उत्रिएका देउवाको भागमा पराजय परेको छैन। समकालीन राजनीतिमा देउवा र कांग्रेस नेता विजयकुमार गच्छदार मात्रै यस्ता नेता हुन्, जसले ६ पटक विजयको माला पहिरिएका छन्। सातौं पटक चुनावी मैदानमा उत्रने तयारीमा रहेका देउवा सातौं पटकको जित पनि आत्मसात गर्ने लक्ष्यमा देखिन्छन्।  

प्रकाशित: Aug 30, 2022| 17:58 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...