बिहीबार, असार ३२, २०८३

४.७९ अंकले घट्यो नेप्से, सबै समूह रातो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेप्से निरन्तर घटेको छ। बुधबार नेप्से परिसूचक ४.७९ अंकले घटेर एक हजार १७२.३० विन्दुमा पुगेको छ। नेप्से बजारमा आएका अधिकांश समूहरुको परिसूचक रातो हुँदा नेप्से घटेको हो। 

नेप्से बजारमा १६३ कम्पीहरुको ३ हजार २७४ कारोबारबाट ६ लाख ४ हजार ४३८ पटक शेयर खरिद बिक्री भएको छ। उक्त खरिद बिक्रीबाट १९ करोड २१ लाख ५६ हजार ३२६ रुपैयाँको कारोबार भएको छ।

‘क’ वर्ग कम्पनीको मापन गर्ने सेन्सेटीभ इण्डेक्स समेत ०.८० प्रतिशत घटेर २४७.८१ बिन्दुमा पुगेको छ।

नेप्से बजारमा आएका सबै दश समूहको परिसूचक घटेर रातो भएको छ।

जसमा सबैभन्दा बढी लाईफ इन्स्योरेन्स समूहको परिसूचक ३८.१८ अंक घटेको छ। त्यसपछि नन लाईफ इन्स्योरेन्सको परिसूचक २८.४, उत्पादनमुलक समूहको परिसूचक १७.०६ अंक घटेको छ। 

यसबाहेक बैंकिङ समूहको परिसूचक २.४८, होटेल समूहको परिसूचक २.२६, विकास बैंकको परिसूचक ७.९७, हाइड्रो पावरको ७.९५, फाइनान्सको २.१२, अन्य समूहको ४.५ र माइक्रोफाइनान्सको परिसूचक ९.६३ अंक घटेको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्