शनिबार, मंसिर ६, २०८२

भारतले जित्यो पाकिस्तानविरुद्धको टी-२०

जारी एसिया कप टी २० क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको छ। आइतबार राति दुबईमा सम्पन्न भएको खेलमा भारतले पाकिस्तानलाई हराएको हो।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- जारी एसिया कप टी २० क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको छ। आइतबार राति दुबईमा सम्पन्न भएको खेलमा भारतले पाकिस्तानलाई हराएको हो।

National life

खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले एक बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर १४७ रन बनाएको थियो। जवाफमा भारतले दुई बल बाँकी रहँदै पाँच विकेट गुमाएर १४८ रनको लक्ष्य पुरा गरेको हो।

भारतलाई जित दिलाउन रवीन्द्र जोडेजाले सर्वाधिक ३५ रन बनाए भने हार्दिक पाण्ड्याले ३३ रन बनाएर उत्कृष्ट फिनिसदिए। आइतबार राति टी २० को सय अन्तर्राष्ट्रिय खेल पुरा गरेका विराट कोहलीले पनि ३५ रन बनाएका थिए।

पाकिस्तानका मोहम्मद नवाज र नसिम शाहले समान २,२ विकेट लिएका थिए।

त्यसअघि पहिलो पारीमा पाकिस्तानमा मोहम्मद रिजवनले ४३ रन बनाएका थिए भने इफ्तिखर अहमदले २८ रनको योगदान दिएका थिए।

Laxmi sunrise bank
kumari

भारतका लागि भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, अर्षदिप सिंह र अभेष खानले क्रमशः ४, ३, २ र १ विकेट गिराएका थिए। यो जितसँगै समूह एमा रहेको भारतले एक अंक जोडेको छ। त्यस्तै समूह बीको गएराति नै सम्पन्न खेलमा श्रीलंकालाई हराउँदै अफगानिस्तानले दुई अंक जोडेको छ।

प्रकाशित: Aug 29, 2022| 08:30 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।