सोमबार, चैत २, २०८२

नर्भिक अस्पतालले ल्यायो तीज अफर

नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा विशेष हेल्थ प्याकेजको अफर सार्वजनिक गरेको छ।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा विशेष हेल्थ प्याकेजको अफर सार्वजनिक गरेको छ। होलबडी चेकअपका विभिन्न प्याकेजहरुमा आकर्षक छुटसहितको अफर सार्वजनिक गरिएको हो।

अफरअन्तर्गत सेवाग्राहीले उल्लेख्य छूटमा तीन खालका हेल्थ प्याकेज खरिद गर्न सक्नेछन्। आधारभूत तीज प्याकेज रू. ६ हजार ६६६ मै उपलब्ध हुने अस्पतालले जनाएको छ। यसअन्तर्गत सुगर रेण्डम, युरिक एसिड, लिपिड प्रोफाइल, यूरिया, क्रेटीनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पिए, इसीजी, अल्टासाउण्ड, यूरिन रुटिन लगायतको जाँच हुनेछ।

यस्तै, नर्भिकले मेमोग्रामसहितको तीज प्याकेजमा पनि छुटको अफर सार्वजनिक गरेको छ। यो प्याकेज ९ हजार ९९९ रुपैयाँमा खरीद गर्न सकिनेछ। आधारभूत प्याकेजमा हुने जाँचबाहेक यसमा मेमोग्राफी डबल लगायतका अन्य आइटम पनि समावेश हुने अस्पतालले जनाएको छ।


प्रकाशित: Aug 28, 2022| 15:43 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्