काठमाडौं– नेकपा एमालेले पार्टी मुख्यालय च्यासलमा शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न ९ वटा समूह बनाएको छ।
शुक्रबारको बैठकमा अध्यक्ष ओलीले १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका थिए। त्यसबारे छलफल गर्न सात प्रदेश, जनसंगठन र प्रवास तथा केन्द्रीय विभाग गरी ९ समूह बनेको हो।
समूहमा अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्नुका साथै आगामी चुनावमा एमालेलाई पहिलो पार्टी बनाउने भनेर छलफल चलाइनेछ। छलफलको निष्कर्ष शनिबार बिहान १० बजे बस्ने बैठकमा पेस गरिने एमालेले बताएको छ।