शनिबार, साउन २३, २०८३

स्थानीय तह निर्वाचनकै आधारमा सिट बाँडफाँट : शशांक कोइराला

कांग्रेसलाई १०० सिट दिन गठबन्धनमा रहेका दल तयार हुनुपर्ने नेता कोइरालाको सुझाव।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

चितवन– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले स्थानीय तह निर्वाचनको मत परिणामका आधारमै संघ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताएका छन्। शुक्रबार चितवन पुगेका नेता कोइरालाले पत्रकारसँग कुराकानी गर्दै सत्यका आधारमा सिट बाँडफाँट हुनुपर्ने जिकिर गरे।

उनले भने, ‘स्थानीय तह निर्वाचनमा पाएको संकेत र सत्यका आधारमा सिट भाग लगाउनुपर्छ।’ कांग्रेसले ९५ देखि १०० सिट पाउनुपर्ने दाबी उनको थियो।

गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उनको धारणा छ। अहिले गठबन्धनको विकल्प नरहेकाले सहमतिमा आउने विश्वास व्यक्त गरे। कांग्रेस निर्वाचनमा होमिइसकेकाले नेता÷कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुन उनले निर्देश गरे।–रासस

प्रकाशित: Aug 26, 2022| 13:59 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...