शनिबार, साउन २३, २०८३

पूर्वमन्त्री झाँक्री भन्छिन्- मेयर बालेनलाई मेरो समर्थन

नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो समर्थन काठमाडौं महानगरका मेयर बालेन शाहलाई रहेको बताएकी छन्।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो समर्थन काठमाडौं महानगरका मेयर बालेन शाहलाई रहेको बताएकी छन्।

पूर्व सहरी विकास मन्त्रीसमेत रहेकी झाँक्रीले काठमाडौंमा नक्साबिनै निर्माण गरिएका संरचना हटाएपछि नदी किनारको अतिक्रमण हटाउन मेयरलाई सुझाएकी छन्।

'यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने। मैले बागमती करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको थिएँ,' उनले सामाजिक सञ्जालमा लेखेकी छन्, 'निर्वाचन आएको छ। यसले नगरौँ भन्ने दबाब आयो र स्थगन गर्न पर्‍यो।'

स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरी हटाउन सुरु गरिएकोमा आफ्नो कार्यकाल सकिएको बताएकी छन्। उनले मेयर बालेनसँग बसेर आफूहरूले केही योजनासमेत बनाएको बताएकी छन्।

'सुकुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ। 

मलाई जस्तो दलीय दबाब मेयर बालेन जीलाई हुँदैन। म बालेनसँग छु। इमानदार प्रयास सफल हुन्छन्,' उनले लेखेकी छन्।

प्रकाशित: Aug 26, 2022| 12:44 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...