शनिबार, साउन २३, २०८३

चुनाव चिह्न गाई माग्दै अदालत जाने राप्रपा नेपालको तयारी

आयोगले चुनाव चिह्न गाई नदिएपछि राप्रपा नेपाल आयोगविरुद्ध अदालत जान लागेको हो।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपा नेपाल निर्वाचन आयोगको स्वेच्छाचारिताविरुद्ध राष्ट्रिय अदालत जाने भएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबार  सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त कुरा बताएका हुन्।

आयोगले चुनाव चिह्न गाई नदिएपछि राप्रपा नेपाल अदालत जान लागेको हो। 

‘कानुनअनुसार चुनाव चिह्न छान्ने अधिकार राजनीतिक दलको हो। राप्रपा नेपालले पटक–पटक ‘गाई’ चिह्न अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ। आयोगको स्वेच्छारिताविरुद्ध न्यायका निम्ति हामी अदालत जानेछौं,’ अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्।

प्रकाशित: Aug 26, 2022| 11:14 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...