शनिबार, साउन २३, २०८३

कांग्रेसको नेतृत्वमा हुने निर्वाचन स्वच्छ : नेता प्रकाशमान

सरकार र राजनीति दलहरू सबैको ध्यान भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउनतर्फ लाग्नुपर्ने नेता सिंहको सुझाव छ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हरेक निर्वाचन कांग्रेसको नेतृत्वमा सम्पन्न भएको विगत साक्षी रहेको बताएका छन्।

शुक्रबार नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २७औं स्मृति दिवस अवसरमा शोभाभगवतीमा आयोजित माल्यार्पण कार्यक्रममा सिंहले यस्तो बताएका हुन्।

उनले आगामी निर्वाचन पनि कांग्रेस नेतृत्वकै सरकारले गर्न लागेकाले निष्पक्ष हुन्छ भन्ने मान्यता रहेको जिकिर गरे। यसअघिको केपी ओली सरकारले आवश्यक ऐन–कानुन नबनाई दिएकाले अहिले संविधानले दिएका अधिकार चाहियो भनेर प्रदेश र स्थानीय सरकारले बारम्बार आवाज उठाउनुपर्ने र आन्दोलन गर्नुपर्ने परिस्थिति बनेको उनको आरोप छ।

पछिल्ला राजनीतिक घटनाक्रमबाट हुन सक्ने राजनीतिक दुर्घटना रोक्न कांग्रेस नेतृत्वको वर्तमान सरकार गठन भएको उनको दाबी छ।

सरकार र राजनीति दलहरू सबैको ध्यान भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउनतर्फ लाग्नुपर्नेसमेत बताए।

प्रकाशित: Aug 26, 2022| 11:02 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...