बुधबार, जेठ २७, २०८३

वाईसीएलले प्रत्येक पालिकामा श्रम सहकारी गठन गर्ने

नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले महँगी नियन्त्रण, संरचनागत तथा नीतिगत भ्रष्टाचार अन्त्य र श्रम शोषणविरुद्ध संघर्ष गर्ने भएको छ।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले महँगी नियन्त्रण, संरचनागत तथा नीतिगत भ्रष्टाचार अन्त्य र श्रम शोषणविरुद्ध संघर्ष गर्ने भएको छ। 

National life

दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित कार्यसमितिको पदभार ग्रहण गर्न आज आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुबोध शेर्पालीले ‘श्रम र उत्पादनमा वाइसिएल’ नाराका साथ युवालाई आत्मनिर्भर बनाउन प्रत्येक पालिकामा १०० युवा सम्मिलित श्रम सहकारी गठन गर्ने बताए।

वाईसीएलले नागरिकता विधेयकले मूर्तरूप पाउनेमा देखिएको अन्योलताका कारण नागरिक राज्यविहीन बन्नुपर्ने अवस्थाको अन्त्यका साथै अतिक्रमित नेपाली भूमि रक्षाका लागि जागरणमूलक कार्यक्रमको आयोजना गरिने उनले बताए। १६ देखि २६ वर्षसम्मको युवालाई वाइसिएलमा आबद्ध गर्न तीनमहिने सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने उनको भनाइ छ। 

कार्यक्रममा दोस्रो राष्ट्रिय भेलाबाट नवनिर्वाचित अध्यक्ष शेर्पाली, महासचिव गणेश शाही, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रबहादुर गुरुङ, उपाध्यक्ष गोगन मल्ल, मञ्जु बम, मिङ्माडन्डु शेर्पालगायत पदाधिकारीले पदभार ग्रहण गरेका थिए। 

प्रकाशित: Aug 25, 2022| 22:00 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...