बुधबार, जेठ २७, २०८३

एमालेको उम्मेदवार छनोट गर्ने यस्ता छन् मापदण्ड

ललितपुरको च्यासलस्थित दोस्रो पोलिटब्युरो बैठकले भोलि भदौ १० र भदौ ११ बस्ने केन्द्रीय कमिटीको बैठकको ११ वटा एजेण्डा तय गर्दै निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने प्रक्रिया र मापदण्ड तय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं- नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मापदण्ड तय गरेको छ। ललितपुरको च्यासलस्थित दोस्रो पोलिटब्युरो बैठकले भोलि भदौ १० र भदौ ११ बस्ने केन्द्रीय कमिटीको बैठकको ११ वटा एजेण्डा तय गर्दै निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने प्रक्रिया र मापदण्ड तय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

National life

उनले केन्द्रीय कमिटी बैठकमा ती उम्मेदवार छनोट गर्ने प्रक्रिया र मापदण्ड प्रस्तुत गरेर पारित गर्नेसमेत बताए। 'निर्वाचनको उम्मेदवार छनोट प्रक्रियाको मापदण्डका बारेमा सचिवालय, स्थायी र पोलिटब्युरो बैठकमा समेत छलफल भइसकेको छ र ती बैठकबाट पारित गरिएको छ,' उनले भने, 'भोलिदेखि बस्ने केन्द्रीय बैठकमा आवश्यक संशोधनसहित उम्मेदवारको मापदण्ड पारित गर्छौं र चुनावको तयारीमा अगाडि बढ्छौँ।'

प्रचार विभाग प्रमुख गुरुङले पार्टीले निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने चार वटा मापदण्ड बनाएको बताए। उनका अनुसार पहिलो पार्टी, नीति र सिद्धान्तप्रतिको प्रतिबद्धता, दोस्रो कुनै पनि नेताले पार्टीले सञ्चालन गरेको आन्दोलनमा दिएको योगदान र पार्टीप्रतिको निष्ठा, तेस्रो लोकप्रियता र विजयको सुनिश्चितता तथा चौथो मापदण्ड संविधानअनुरुप सन्तुलन, समावेशीको सिद्धान्तलाई आधार मानेर पनि उम्मेदवार चयन गरिनेछ। 

उनका अनुसार भोलिको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेश हुनेछ। त्यसमाथि समूहगतरूपमा छलफल भएर आवश्यक निर्णय लिने उनले बताए। 

यस्तै केन्द्रीय सदस्यमा मनोनीत चार जनालाई भोलि शपथ गराएर बैठकमा उपस्थिति गराइने बताइएको छ। ती चार मनोनीत केन्द्रीय सदस्यको कार्यविभाजन गर्नेसमेत एजेण्डा तय गरिएको उनले बताए।

Shivam cement

केही दिनअघि बसेको सचिवालय बैठकले जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको थियो। यस्तै यसभन्दा अघि पार्टी सचिवालयले गरेको निर्णयको पनि भोलि बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ। 

स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारलाई हराउने भूमिका खेल्नेमाथि गठित छानविन कार्यदलको प्रतिवेदन पनि बैठकमा प्रस्तुत गर्ने एजेण्डा तय गरिएको छ। पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षमा स्थानीय तह निर्वाचनमा पार्टीलाई अन्तरघात गर्नेलाई कारवाही गर्नका लागि छानविन समिति गठन गरिएको थियो। 

यस्तै एमालेले पार्टी सदस्य सङ्ख्या दोहोरिएका सङ्गठित सदस्यका सम्बन्धमा विशेष निर्णय गरेर व्यवस्थापन गर्ने एजेण्डासमेत रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो। एमालेका ५२ हजार पाँच सय ५० सङ्गठित सदस्यको नामावली दोहोरिएको छ। 

केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग रहेको प्रतिवेदन बैठकमा पेश गरिनेछ। भारत प्रवास कमिटीलाई व्यवस्थापन गर्नका लागि नियमावली बनाउनेसमेत बैठकले निर्णय गरेको छ। नियमावली केन्द्रीय कमिटी बैठकमा पेश गरेर अनुमोदन गरिनेछ। 

यस्तै पार्टीका विभिन्न निकाय, विभागका सम्बन्धमा नियम पारित गर्ने एजेण्डासमेत रहेको छ। यस्तै समसामयिक राजनीतिक एजेण्डा पास गर्ने पनि उनले बताए। उनका अनुसार स्थानीय तहमा धाँधली भएका कारण चुनाव हार्नुपरेको अध्यक्ष ओलीले बैठकमा बताएका छन्। 'सङ्ख्याको नम्बरले दोस्रो पार्टी भए पनि लोकप्रियताका हिसाबले एमाले पहिलो पार्टी भएकाले आगामी निर्वाचनमा सोही लोकप्रियतासहित जानुपर्दछ भन्ने कुरा अध्यक्ष ओलीले बताउनुभयो,' प्रचार विभाग प्रमुख गुरुङले भने। 

अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्दै राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आम निर्वाचनका जानकारी गराएका थिए। बैठकमा १५ जना पोलिटब्युरो सदस्यले राजनीतिक प्रतिवेदनमाथि आफ्नो सुझाव प्रस्तुत गरेका थिए। 

बैठकमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, सुमनराज प्याकुरेल, लीलाबहादुर थापा, रामदयाल मण्डल, निरु पाल, शान्ता चौधरी, कर्ण थापा, जितु गौतम, मञ्जु चौधरी, लालबाबु पण्डित, काशीनाथ अधिकारी, खगराज अधिकारी, बिन्दा पाण्डे, अग्नि खरेल र कृष्ण राईले राजनीतिक प्रतिवेदनमा समावेश गर्नका लागि आआफ्ना सुझाव राखेका थिए। 

बैठकले पार्टीको सचिवालयबाट गरिएका निर्णय अनुमोदन गरेको छ। केन्द्रीय कमिटीको बैठक भोलि भदौ १० गते पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा ११ बजे बस्दैछ। 

प्रकाशित: Aug 25, 2022| 21:30 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...